आविष्कार केन्द्रमा बन्दै मोटरसाइकल धुने अटोमेटिक मेशिन (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सजिलै मोटरसाइकल तथा कार धुने उपकरण निर्माण गरिरहेको छ । यो उपकरणको प्रयोगले मानिसको प्रयोग विनानै मोटरसाइकल तथा कार धुन सकिने केन्द्रले जनाएको छ ।

विश्व अटोमोवाइल क्षेत्रको लागि यस्ता आधुनिक उपकरण नौला होइनन् । तर, नेपालमा भने आफ्नै साधन र स्रोतबाट यसको उत्पादन गर्न सकिन्छ भन्ने संदेश दिन आविष्कार केन्द्रले काम गरिरहेको जनाएको छ ।

यो कामको विषयमा जानकारी दिदै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले फेसवुकमा लेखेका छन्, ‘यो कुनै आविष्कार होइन । तर पनि यसलाई यहिँ बनाउन प्रयास भइरहेको छ । युवाहरुले यसमा आफ्नो क्षमता प्रयोग गरिरहेका छन् ।’

पुनले यसको निर्माणमा संग्लग्न मनोज मालाकार, इन्जिनियर प्रज्वल कोजु र दानबहादुर घर्तिमगरको प्रशंसा गरेका छन् ।
आविष्कार केन्द्रमा यसको अन्तिम परिक्षण भइरहेको भिडियो पुनले सार्वजनिक गरेका छन् ।


Back_to_top