मोटरहेड मोटरसाइकलको नयाँ वर्ष अफर, २ लाखसम्म जित्न सकिने

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्रयाच एण्ड क्याच त क्यास’ नामक अफर सन्चालनमा ल्याएको हो ।

यो अफरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले स्क्रयाच गरेर ७ हजार रुपैयाँ देखी १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो अफर अन्तर्गत मोटरहेडका कुनैपनि मोटरसाइकल खरिद गर्ने ग्राहक मध्य एकजना भाग्यशाली ग्राहकले २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सक्नेछन् ।

यो अफर चैत १५ गतेदेखि वैशाख ३१ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । मोटरहेडका देशभर रहेको कुनैपनि आधिकारिक सोरुममा यो अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर रहेको छ । साथै बिक्रि पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको छ ।


Back_to_top