यस्तो छ एभी अगस्टा मोटरसाइकलको ११ मोडलको मूल्य, सस्तो कै पर्छ ४४ लाख

काठमाडौं । नेपाली बजारमा बीएमडब्ल्यु, हार्ले, डुकाटी बेनेली जस्ता मोटरसाइकल महंगो मोटरसाइलको रुपमा चर्चामा रहने गरेको थियो । गतबर्ष भेलोसिटी प्रालिले नेपाली बजारमा एमभी अगस्टा मोटरसाइकल भित्र्याए पश्चात् एमभी अगस्टाको चर्चा चुलिएको छ ।

प्रिमियम मोटरसाइकल निर्माता कम्पनी एमभी अगस्टाका ११ भेरियन्टका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छ । गत नाडा अटो शोमा समेत एभी अगस्टा मोटरसाइकल हेर्नेको भिड लागेको थियो । नाडा अटो शो २०१९ मा एभी अगस्टाको ७३ लाख पर्ने मोटरसाइकलले चर्चा पाएको थियो ।

केही दिन अघि नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले सार्वजनिक गरेको सवारी साधनको मूल्यसुचीमा एमभी अगस्टाको मूल्य समेत प्रकाशित गरेको हो ।

उक्त मूल्यसूची अनुसार एमभी अगस्टा मोटरसाइकलको सबैभन्दा सस्तो मोडलको मूल्य ४३ लाख ९० हजार रुपैयाँ रहेको छ । यस्तै सबैभन्दा महंगो मोडलको मूल्य १ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल एफ थ्री ६७५ हो । यस्तै सबैभन्दा धेरै मूल्यको मोटरसाइकल बी४ सेरी ओआरओ रहेको छ । कम्पनीले सबै मोटरसाइकल इटालीबाट नै आयात गरेर बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top