काठमाडौं । एशियामा नै एक यूनिट मात्र उपलब्ध मोटरसाइकल नेपालका चर्चित ब्यवसायी सौरभ ज्योतिले चढ्दै आएका छन् । पछिल्लो समय उनी मोटो भ्लगिङमा समेत देखिन थालेका छन् ।
सुपर बाइक तथा कारमा रुची राख्ने ज्योतिसँग ५० भन्दा धेरै मोडलका मोटरसाइकल छन् । त्यसमध्ये एक हो एशियाली बजारमा नै एक यूनिटमा मात्र भएको सुपरभेलो सिरी ओरो । एमभी अगष्टा सुपरभेलो ८०० को लिमिटेड एडिशन सिरी ओरो उनले प्रयोग गर्ने मध्यको एक सुपर बाइक हो ।
सुपरभेलो सिरी ओरोको लिमिटेड एडिशन ३०० यूनिट मात्र उत्पादन भएको थियो । नेपाल आएको सुपरभेलो सिरी ओरो एशियामा नै आएको पहिलो यूनिट भएको ज्योतिले बाइक सार्वजनिक कार्यक्रममा बताएका थिए । तर, यसको रेगुलर भेरियन्ट भने नेपालमा बुकिङ गरेर किन्न सकिने छ । एसजे मोटोले यसलाई नेपाल ल्याएको हो ।
सुपरभेलोमा सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ । यो बजारमा चल्तीका कारको भन्दा धेरै पावर हो ।
लिमिटेड एडिशन भर्सनमा धेरै जसो कार्वन फाइवर प्रयोग गरिएको छ । यसमा हेडल्याम्प तथा टेलल्याम्प एलइडी प्रयोग गरिएको छ । यसमा रहेको डे टाइम रनिङ लाइटसमेत एलइडी रहेको छ । यसका साथै यसको फुट पेग राइडरको हाइट अनुसार एडजष्ट गर्न मिल्ने छ ।
यसमा हाइटेक टीफटी ड्यासबोर्ड दिइएको छ । जसमा स्मार्ट फोन कनेक्ट गर्न सकिन्छ । रेट्रो डिजाइन स्पोर्टस् बाइक सुपरभेलो सिरी ओरोमा गोलाकार एलइडी हेडल्याम्प, टेलल्याम्प, मोटोजिपी ट्राइ एक्जष्ट, ह्यान्डलबार इन्ड लुकिङ मिरर, लेदर स्ट्राप फ्युल ट्याङक जस्ता फिचर रहेको छ ।
यो मोडल नेपालमा विक्री भने गरिने छैन । नेपाली बजारमा यसको रेगुलर भेरियन्ट भने एसजे मोटोले उपलब्ध गराउने जनाएको छ । एमभी अगष्टा सुपरभेले ८०० खरिद गर्न चाहाने ग्राहकले एसजे मोटोमा गएर बुकिङ गर्न सक्नेछन् ।

