एक्सयूभी ३०० फेसलिफ्ट परिक्षणमा, सेग्मेन्टमै पावरफुल इन्जिन रहने

काठमाडौं । महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल परिक्षणको क्रममा देखिएको छ । मिडियाहरुले यसको परिक्षण भइरहेको तस्बिरहरु सार्वजनिक गर्दै एक्सयूभी ३०० लगभग तयार रहेको जानकारी दिएका हुन् ।

सन् २०१९ फेब्रअरीबाट बजारमा आएको एक्सयूभी ३०० को फेसलिफ्ट आउन लागेको हो । फेसलिफ्ट मोडलको अगाडिको फेसिका मात्रै छोपेर अहिले परिक्षण भइरहेको छ । यसको बडी डिजाइन पहिलेकै जस्तो देखिन्छ ।

महिन्द्राले यसको अगाडिको भाग ढाकेर परिक्षण गर्नुको मुख्य कारण फ्रन्ट फेसिकामा गरिएको परिमार्जन हो । यसको फ्रन्ट फेसिका एक्सयूभी ७०० बाट प्ररित रहने छ । महिन्द्राको नयाँ ट्वीन पीक लोगो यसमा पनि प्रयोग भएर आउने छ ।

परिक्षणमा देखिएको गाडीमा पहिलेकै प्रोजेक्टर हेडल्याम्प र अगाडिको एयर ड्यामको पोजिसन एउटै देखिएको छ । महिन्द्राले फगल्याम्प हाउजिङ र एलइडी डे टाइम रनिङ लाइट पनि पहिलेकै प्रयोग गरेको छ । कम्पनीले यसको ह्वील भने परिवर्तन गरेको देख्न सकिन्छ । यसमा नयाँ डिजाइनको १७ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ ।

परिक्षणमा देखिएकाे एक्सयूभी ३०० फेसलिफ्ट

कम्पनीले यसमा दिएको टी–जिडिआई इन्जिन निकै पावर फुल रहेको छ । १.२ लिटर टर्बो इन्जिनले अधिकतम १३० हर्सपावर र २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड एएमटी गियरबक्स उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

नयाँ इन्जिनमा आएपछि एक्सयूभी ३०० सेग्मेन्टकै सर्वाधिक पावरफुल एसयूभी बन्ने छ । कम्पनीले यसलाई सन् २०२३ को पहिलो क्वाटरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।


Back_to_top