काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ ।
बैंकले नबिल अटो लोन योजना अन्तर्गत विद्युतीय/आइस दुवै सवारी साधन खरिदका लागि ५.४४ प्रतिशत (फ्लोटिङ) ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार ग्राहकले ७ वर्षका लागि ८० लाख रुपैयाँसम्म कर्जा पाउने छन् । गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकले अटो कर्जा लिँदा ०.७५ प्रतिशत प्रशासनिक शुल्क र ०.१५ प्रतिशत कमिटमेन्ट शुल्क तिर्नुपर्नेछ ।
ग्राहकले आफ्नो आम्दानीको ५० प्रतिशत बढी रकम किस्ता हुने गरी ऋण पाउने छन् । आम्दानी कर तिरेको रकमबाट प्रमाणित गर्नुपर्नेछ ।
यो कर्जा कम्तीमा २१ वर्ष नाघेको र बढीमा ७० वर्षसम्म व्यक्तिले मात्र पाउने छन् । कर्जा लिन व्यक्तिको हकमा ऋणी र जमानीको २/२ प्रति फोटो, नागरिकता वा राहदानी, नाता प्रमाण पत्र, विवाह दर्ता, कम्तीमा ६ महिनाको स्टेटमेन्ट, प्यान कार्ड (२५ लाख बढीको लागि) चाहिन्छ ।
संस्थाको हकमा दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, प्रबन्धपत्र/नियमावली, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक पर्नेछ ।
सबै कागजी प्रक्रिया पूरा गर्ने बित्तिकै ग्राहकले कर्जा पाउने बैंकले जनाएको छ ।


