काठमाडौं । नविल बैंकले नाडा ईभी एक्स्पो २०२२ मा आकर्षक कर्जा स्कीम दिने घोषणा गरेको छ । बैंकले ब्याजदर नखुलाएपनि आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ ।
काठमाडौंको भृकुटीमण्डमा भोलि असोज ६ गतेदेखि ९ गतेसम्म चल्ने ईभी एक्स्पोमा गाडी किन्ने जो केहीलाई लोन प्रोसेङि चार्ज र निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने उल्लेख गरेको छ ।
वातारण र दिगो विकासको लागि विद्युतीय सवारीसाधन भन्ने नारालाई पुरा गर्न विद्युतीय साधनमा बैंकले लागनी गर्न लागेको जनाएको छ । कम्पनीले विद्युतीय सबै किसिमका चार पाङ्ग्रे र दुई पाङ्ग्रेमा लगानी गर्ने जनाएको छ ।