हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो ।

यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै बम्पर लक्की ड्रमार्फत जर्मन ब्राण्ड बोस्चको बासिङ मसिन जित्न सक्नेछन् ।

यो योजना नाडा ईभी शोको अवधिभर लागु हुने कम्पनीले जनाएको छ । भोलिदेखि सुरु हुने ईभी शो तीन दिनसम्म चल्नेछ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले टेकुमा आफ्नो पहिलो शोरुम स्थापना गरेर फोटोन, एनवाइएक्स र अप्टिमा स्कुटरको विक्री गर्दै आएको छ । अप्टिमा मोडल भने सिंगल ब्याट्री र डबल ब्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

कम्पनीले नेपाल ल्याएको स्कुटरहरुको मूल्य २ लाख १० हजारदेखि ३ लाख ४६ हजार रुपैयाँसम्म रहेको छ ।

हिरो इलेक्ट्रीकको १२ मोडलका स्कुटर भारतीय बजारमा उपलब्ध रहेको छ भने अन्य मोडल आगामी दिनमा नेपाल आउने कम्पनीले जनाएको छ । कम्पनीले निकट भविष्यमा नै १५ मिनेटमा फुलचार्ज हुने अत्याधुनिक टेक्नोलोजिसहितका हिरो इलेक्ट्रीक स्कुटर ल्याउने सम्भावना रहेको छ ।


Back_to_top