सेगवेको नयाँ स्कुटर ई ११० नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । सेगवे नाइनवट इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता आई हव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले सेगवे ई ११० इलेक्ट्रीक मोटरसाइकल विक्री सुरु गर्न लागेको हो ।

आई हवले भोलिदेखि सुरु हुने नाडा ईभी शोमा ई ११० सार्वजनिक गर्ने छ । अहिले कम्पनीले ई १०० र ई १२५ इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । नयाँ आउने ई ११० बीचको मोडल हुनेछ ।

सेगवे ई ११० एसमा १.५ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टर्क भने ८८ एनएम छ । कम्पनीले यसमा १.४४ किलोवाट क्षमताको लिथियम आयोन सिंगल ब्याट्री दिएको छ । सानो मोटर भएको कारण यसले सिंगल चार्जमा ७० किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

यसमा रहेको ब्याट्रीलाई ३ घन्टामा ८० प्रतिशत र ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो स्कुटर दुबै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक पाउन सकिन्छ ।

इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम र सबै प्रकारका लाइटहरु एलइडी रहेको ई ११० मा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहने छ ।

त्यस्तै यसमा यूएबी चार्जिङ पोर्ट, स्मार्ट ह्यान्डलबार लक, पार्किङ सेन्सर, कनेक्टिभिटी फिचर, १२ इन्च अलोय ह्वील, राइडिङ मोड, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

आई हव प्रालिले हाल ई १०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ र सगवे ई १२५ को मूल्य ३ लाख ९१ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । ई ११० को मूल्य ३ लाख २५ हजार हाराहरी हुने अनुमान गर्न सकिन्छ । यद्यपि, मूल्यका बारेमा भने कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top