पाँच वर्षमा बन्यो ४ लाख यूनिट टाटा नेक्सन

काठमाडौं । भारतको सबै ठूलो अटोमोवाइल कम्पनी टाटा मोटर्सले आफ्नो सब फोर मिटर एसयूभी नेक्सनको उत्पादन ४ लाख पूनिट पुरा गरेको छ । कम्पनीले सन् २०१७ सेप्टेम्बरबाट बजारमा उतारेको नेक्सनले ५ वर्षमा ४ लाख यूनिट उत्पादन पुरा गरेको हो ।

टाटा नेक्सनलाई पहिलो एक लाख यूनिट उत्पादन छुन २२ महिना लागेको थियो । तर, अहिले आएर ७ महिनामै १ लाख यूनिट उत्पादन भएको हो । यसको मतलव नेक्सनको क्रेज लगातार बढी रहेको भन्ने हुन्छ ।

पछिल्ला महिनाहश्रमा टाटा नेक्सनको विक्री मासिक १४ देखि १५ हजार यूनिटसम्म हुन थालेको छ । टाटा नेक्सन डिजेल, पेट्रोल र इलेक्ट्रीक अप्सनमा उपलब्ध रहेको कारण यसको विक्री तिब्र गतिमा बढेको हो । इन्जिनमा भेरियसनसँगै नेक्सन म्यानुअल पेट्रोल, अटोमेटिक पेट्रोल र म्यानुअल डिजेलको साथै, अटोमेटिक डिजेल गियरबक्समा उपलब्ध रहेको छ ।

टाटाले भारतमा नेक्सनको कुल ६७ भेरियन्ट विक्री गर्दै आएको छ । यसमा कलर अप्सन पनि आफ्नो राजाई अनुसार सिंगल र ड्यूल टोनमा उपलब्ध रहेको छ । टाटाले नेक्सनमा रेगुलर भेरियन्टको अलावा जेट एडिसन, डार्क एडिसन, काजीरंग एडिसन सहित विभिन्न स्पेशल एडिशन बजारमा विक्री गरिरहेको छ ।

नेपाली बजारमा पनि टाटा नेक्सनमा धेरै छनौट सुविधा उपलब्ध छ । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङका अनुसार नेपाली बजारमा टाटा नेक्सनको पेट्रोलमा ७ वटा भेरियन्ट र इलेक्ट्रीकमा ५ वटा भेरियन्ट विक्री भइरहेको छ । नेपालमा अहिले डिजेल इन्जिन भने उपलब्ध छैन ।


Back_to_top