निषेधाज्ञा तत्काल हटाउन र व्यवसाय संचालनको वातावरण बनाउन नाडाको माग

फाइल तस्विर

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले निषेधाज्ञाको बैकल्पिक बाटो खोज्न सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ती निकाल्दै नाडाले २०७७ भाद्र ४ गते देखि लागु हुनेगरी राजधानी लगायत देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाको अब समय थप नगर्न भनिएको छ ।

‘बढ्दो कोरोना संक्रमणलाई दृष्टिगतगरि सरकारले निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ । यसले हाम्रो अर्थतन्त्रलाई धारसायी बनाउनुको साथै बेरोजगारीको अवस्था भयावह हुनेतर्फ सोच्न सरकारलाई आग्रह गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ ।

नाडाले अहिलेको संक्रमणको विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ-आफ्नैढङ्गबाट कोरोना संक्रमण रोकथामका काम भयरहेको उल्लेख गर्दै भनेको छ, ‘दक्षिण पूर्वी एशियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको विषय नियाल्दै निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्न अपिल गछौं ।’

लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने अवस्था सिर्जना भएको बताएको छ ।

महासचिब सुनिल रिजालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘अब अति भयो, समयलाई बुझौ, संसारलाई नियालौ र अब काम गरौँ’ ।


Back_to_top