यामाहाले अर्को हप्ता सार्वजनिक गर्दै १२५ सीसीको नयाँ स्कुटर, बीएस ६ इन्जिनमा आउने

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्रइजेजले आगामी हप्ता नयाँ स्कुटरको बिक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले बीएस ६ इन्जिनमा फसिनोपछि अर्को नयाँ १२५ सीसी क्षमताको रेजेडआर स्कुटर बिक्री सुरु गर्न लागेको हो ।

यामाहाले एफआई प्रविधिलाई जोड दिदै यसअघि देखिनै मोटरसाइकल तथा स्कुटर ल्याएर बिक्री गर्दै आएको छ । एमएडब्ल्यू नेपालमा एफआई प्रविधिलाई प्रर्वद्धन तथा प्रचार गर्ने प्रमुख कम्पनी रहेको हो ।

नेपालमा पहिलो पटक बीएस ६ इन्जिन भएका स्कुटर ल्याउनेपनि यामाहा नै भएको छ । कोभिडका लामो बन्दाबन्दीको बीच सार्वजनिक भएको फसिनोले निकै राम्रो व्यापार गर्न सफल भएकोले कम्पनीले नयाँ स्कुटर ल्याउन लागेको जनाएको छ ।

यसै क्रममा कम्पनीले यामाहा रेजेडआर १२५ एफआई नेपालमा सार्वजनिक गर्ने तयारी अघि बढाएको मेरोअटो डटकमलाई जानकारी दिएको छ । १२५ सीसी सेग्मेन्टका स्कुटरको माग नेपाली बजारमा बढ्दो क्रममा रहेको छ ।

केही महिना अघिबाट भारतमा अनिर्वाय गरिएको बीएस ६ मापदण्डको स्कुटर नेपाल भित्र्याउने कम्पनीमा यामाहा पहिलो रहेको छ ।

कम्पनीले बिषम परिस्थितिमा समेत एकपछि अर्को नयाँ उत्पादन नेपाल ल्याउँदै आक्रामक रुपमा आफुलाई प्रस्तुत गर्दै आएको छ । हालसम्म अन्य कम्पनीले बीएस ६ इन्जिन भएका स्कुटर नेपालमा बिक्री वितरण सुरु गरेका छैनन् ।

कम्पनीले यामाहा रेजेडआरलाई समेत यामाहाको डीएनए अनुरुप आर्कषक स्पोर्टी डिजाइनमा निमार्ण गरेको छ ।

कम्पनी स्रोतका अनुसार यामाहाले रेजेडआर १२५ एफआईलाई हालसालै विश्वमा भित्रिएको नयाँ प्रविधि आर्टिफिशियल इन्टेलिन्स (एआई)मा आधारित रहेर उत्पादन गरेको जनाएको छ । भच्र्युअल लन्च मार्फत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको समेत कम्पनी स्रोतले जानकारी दिएको छ ।


Back_to_top