काठमाडौं । नडा अटोमोवाइल एसोसियसन अफ नेपालले बार्षिकरुपमा आयोजना गर्दै आउको नाडा अटो शोको मिति फाइनल भएको छ । अगामी भाद्र २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटी मन्डपमा आयोजना हुने उक्त अटो शोको लागि स्टल बुकिङसमेत खुल्ला भएको छ ।
नाडा अटो शोको व्यवस्थापन भने ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गर्नेछ ।
बिगत देखि नै अटो शोमा नेपालमा बिक्री हुने चार पांग्रे र दुई पांग्रे सवारीसाधनको साथै हेभी सवारी र नेपालमा उत्पादीत तथा बाहिरबाट ल्याइएका सवारीसाधनमा लाग्ने बस्तुहरु रहने गरेका छन् ।
मेलामा सवारी साधनका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायरलगायतका स्टलहरु पनि रहनेछन् ।

