काठमाडौं । सन् २०२० को ओलम्पीकको लागि जापानी कार निर्माता कम्पनी टोयोटाले ‘फ्लाइङ कार’ बनाउने भएको छ । टोयोटाको सोही कारमार्फत ओलम्पिक गेममा आकाशबाट मसाल प्रज्वलित गरिने छ ।
एजेन्सीहरुका अनुसार हाल यसको टेस्ट मोडल तयार भइसकेको र ओलम्पिक खेलको लागि तयार गरेर राखिने कुरा बाहिर आई रहेको छ । ड्रोन टेक्नोलोजिमा आधारीत रहेर निर्माण गरिएको यो कार संसारकै सानो उड्नेका बन्ने कम्पनीको दाबी रहेको छ ।
यो कार १५० किलोमिटर प्रतिघन्टाको दरले उड्न सक्ने छ भने, अधिकतम ३३ फिटमाथिसम्म उड्ने छ ।
फ्लाइङ कार निर्माणका लागि टोयोटाले करिब ४२.५ मिलियन येन लगानी गरेको छ । बेला बेलामा कम्पनीले यसलाई उडान परिक्षण गरिए पनि राम्रोसँग काम नगरेकाले यसको उडान रद्ध गरिएको थियो । अब यसको परिक्षण भइरहेको छ र कारलाई सजिलै टेक अफ र ल्यान्डीङ गर्न सकिएको जनाइएको छ ।
कार्डभेटरले डिजाइन गरेको यो कार सन् २०५० सम्ममा संसारभर उड्ने अपेक्षा गरिएको छ । यसमा कम्पनीले भर्टिकल ल्यान्डीङ र टेकअफ प्रविधिको प्रयोग गरेको छ ।
यस प्रविधिमा रहेर कार उडाउँदा सडक र रन वेको आवस्यकता पर्दैन ।


