प्लेन बनाउने सामानबाट बनाइएको विद्युतीय क्रसओभर बाइक

भारतीय कम्पनी ट्रोन्एक्स मोटरले क्रसओभर विद्युतीय बाइक सार्वजनिक गरेको छ । बुधबार भारतमा सार्वजनिक भएको उक्त बाइकको नाम ट्रोन्क्स वान रहेको छ । 

यो विद्युतीय बाइकको सुरुवाती मूल्य ४९ हजार ९ सय ९९ भारु रहेको छ । यो मूल्य बाइक सार्वजनिक हुनु अघि बुकिङ गर्नेहरुका लागि मात्र भएको कम्पनीले जनाएको छ ।  

यो विद्युतीय बाइक दुई रंग रातो र निलोमा उपलब्ध छ । साइकल जस्तै देखिने यो विद्युतीय बाइलले फुल चार्ज गर्दा ४० देखि ५० किलोमिटरको दुरी तय गर्ने कम्पनीले जनाएको छ । प्रिबुक गर्नेहरुले १६ जुलाईदेखि यो बाइक पाउँछन् । पहिलो ट्रोन्एक्स मोटरको नाम भोल्टा मोटर्स थियो । 

ट्रोन्एक्स वान बाइक र इलेक्ट्रिक बाइकको क्रसओभर भर्सन हो नयाँ बाइक । यो बाइक २५ किलोमिटर प्रतिघण्टा कुद्न सक्छ र यसमा केही राइडिङ मोडसमेत छ । यो बाइकमा प्लेन बनाउँदा प्रयोग गरिने मटेरियल प्रयोग गरेर बनाइएको कम्पनीको दाबी छ । 

यो बाइकमा १३.६ एएच लिथियम आयन ५०० वाटको व्याट्री रहेको र यसले ३६ भोल्ट उत्पादन गर्छ । ट्रोन्क्स वान फुल चार्जमा ५० किलोमटिर कुद्ने र इलेक्ट्रोनिक गेयर असिस्ट मोडमा लगाउँदा ७० देखि ८० किलोमिटर सम्म कुद्ने कम्पनीले जनाएको छ । 

ट्रोन्एक्स मोटरले ९ वटा सहर मुम्बाइ, गोवा, पुने, नयाँ दिल्ली, बैंगलोर, हैदराबादलगायत सहरबाट सेवा उपलब्ध गराउने जनाएको छ ।


Back_to_top