सन् २०१५ सेप्टेम्बरदेखि नेपाली बजारमा टिभिएस मोटर्सका उत्पादन बिक्री वितरण गर्दै आएको जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवाल बिगत लामो समयदेखि अटोमोवाइल क्षेत्रमा कार्यरत रहेका छन् ।
करिब १९ बर्षदेखि नेपाली बजारमा रहेरपनि राम्रो बिक्री वितरण हुन नसकिरहेको टिभिएस ब्रान्डलाई जगदम्बा मोटर्सले लिएपछि कसरी काम अगाडि बढायो, अहिलेको अवस्थामा बजारमा टिभिएस कहाँ र कुन पोजिशनमा रहेको छ । एसेम्बलको प्रक्रिया कहाँ पुग्यो र कम्पनीको भावी योजना कस्तो रहेको छ लगायतका बिषयमा रहेर मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः
जगदम्बा मोटर्सले टिभिएस लिएपछि कसरी प्लान गरेर अगाडि बढ्नु भएको थियो, अहिले कस्तो अबस्थामा कम्पनी रहेको छ ?
सन् २०१५को सेप्टेम्बरमा हामीले कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढाएका थियौं । त्यसको केही समयपछि भुकम्प गयो । त्यसपछि हामीले बजारमा एग्रेसिभ जाने प्लान गरिरहेको समयमा नाकाबन्दी भयो । अहिले सम्झँदा लाग्छ त्यो सयम हाम्रालागि निकै चुनौति पूर्ण रहेको थियो । त्यसका बाबजुद हामीले पहिलो वर्षमा नै निकै राम्रो संख्यामा बिक्री गर्न सक्यौ ।
त्यसको लागि नयाँ डिस्टीब्युरको आगमनसँगै डिलरहरुमा नयाँ उत्साह थियो । नाकाबन्दीमा बाइकको कमी हुन दिएनौं । त्यसपछि हामीले यति पुरानो ब्रान्ड भएरपनि नेपाली बजारमा किन राम्रो गर्न सकेको छैन, भनेर सर्भे गरायौं । त्यो सर्भेले टिभिएसको पाटर्समा समस्या देखायो । सबैले टिभिएसको पाटर्स नपाउने गुनासो गरे । ब्रान्डलाई चिनाउने काममा हामीले काम गर्यौं । डिलर टे«निङ, उनीहरुको स्टाफको टे«निङजस्ता सामान्य कुरामा पहिले फोकस भएर काम गर्यौ । बजारमा पाटर्सको सहज उपलब्धता गरायौं । टिभिएस भारतले हामीलाई निकै ठुलो सहयोग गर्यो । हामीसँग अहिले पुरै पूर्वाधार तयार भएको छ । अब रफ्तार पकड्न हामी तयारी अबस्थामा रहेका छौं ।
तपाईहरुको डिलर र सर्भिस नेटवर्क कस्तो रहेको छ ?
हामीसँग ७० वटा थ्रीएस सर्भिस उपलब्ध हुने नेटवर्कहरु रहेका छन् । साथै, सर्भिसमात्र उपलब्ध रहेका नेटवर्क १६० जति छन् । साना–साना स्थानीय वर्कसपलाई अपग्रेड गरेर उनिहरुसँगको सहकार्यमा हामीले सर्भिस दिइरहेका छौं । पाटर्सको कमिहुन नदिन सबै सर्भिस सेन्टरमा विशेष जोड दिएका छौं ।
तपाईले सर्भे गरायौं भन्नु भयो त्यो सर्भेले देखाएको स्पेयर पार्टस बाहेकको अन्य विषयहरु के के थिए ?
पहिलो त यति लामो समय भएरपनि नेपालमा टिभिएसको ब्रान्ड प्रमोशन सुन्य प्रायः थियो भन्ने कुरा सर्भेले देखाएको थियो । टिभिएसको सुरुवाति समयका ग्राहकले पुनः परिर्वतन गर्ने बाहेक अन्य मानिसहरु यो ब्रान्डमा आउने बिषयमा सोच्दैनन् भन्ने देखिएको थियो ।
अहिले हामी पुरानो ग्रोथलाई कायम राख्दै नयाँ प्रडक्टको बिक्रीमा बिस्तार गरेर अगाडि बढ्ने छौं ।
त्यसलाई चिर्न कलेज, वर्कसप, टेष्टड्राइभ जस्ता टुल्सहरु हामीले अपनायौं । २ लाख ५० हजार भन्दा बढी टेष्ट ड्राइभ मात्रै गराएका छौं । अन्य बिटीएल एक्टीभिटीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हरेक गाउँमा पुगेर सर्भिस क्याम्प संचालन गरेका छौं ।
अबको एग्रेसिभ उडान भर्ने कुरा गर्दै हुनुहुन्छ त्यसको लागि कस्तो प्लान गर्नु भएको छ ?
हामीले बेसिक कुराहरु तयार गरेका छौं । हाम्रो सर्भिस, सेल्स, स्पेयरमा कुनै समस्या नभएपछि अब हामी प्रडक्टमा केन्द्रित हुने हो । हामीसँग प्रडक्ट भेरिएन्ट यति धेरै छ कि त्यसमा हामी बजारको पाइनियर हौं । १०० सीसी सेग्मेन्ट, १२५ सीसी र त्यसभन्दा माथिका सेग्मेन्टमा हामीसँग अब्बल बाइकहरु रहेका छन् । साथै स्कुटर सेग्मेन्टमा हामीसँग यतिधेरै च्वाइस रहेका छन् । चाँडै युनिक फिचरसहितकाे १२५ सीसीको स्कुटर ल्याउँदै छौं । अहिले हामी पुरानो ग्रोथलाई कायम राख्दै नयाँ प्रडक्टको बिक्रीमा बिस्तार गरेर अगाडि बढ्ने छौं ।
बाइक र स्कुटर मध्ये कम्पनीको बिक्री फोकस कुन प्रडक्टमा धेरै हुन्छ ?
अहिले हाम्रो बजार हिस्सा बाइकको सेग्मेन्टमा नै धेरै रहेको छ । तर, पछिल्ला दिनमा टिभिएसले जसरी स्कुटरहरु ल्याईरहेको त्यसले धेरै उपभोक्ताको मन जित्न सफल भएको छ । हामी सबै प्रडक्टलाई उत्तिकै माया गर्छौ यति भन्दा भन्दैपनि मिड रेन्जका बाइक र स्कुटर कम्पनीको पहिलो प्राथमिकता हो ।
यस पटकको बजेटले १५० सीसीदेखि २५० सीसीसम्मका बाइक एसेम्बलमा केही कर छुटको प्याकेजसमेत दिएकाे छ ।
हामीले हरेक युवाहरुसँग अन्तरक्रिया गरिरहेका छौं । जसले युवाहरुलाई यस ब्रान्डप्रतिको कन्फीडेन्स वृद्धिमा काम गरिरहेका छौं । टिभिएसले पछिल्ला दिनमा निकै एग्रेसिभ निर्यातमा जोड दिएको छ । टिभिएसको क्वालिटीको कारण नै बिएमडब्लुले पनि भारतमा टिभिएससँग मिलेर काम गरिरहेको छ ।
नेपालमा नै एसेम्बल गर्ने तयारी भइरहेको कुरा बाहिर आएको छ तपाईहरु कसरी काम गर्दै हुनुहुन्छ ?
बारामा जग्गा खरिद गरेर निर्माणमा जुटेका छौं । अघिल्लो बर्षनै हामीले टिभिएस इन्डियासँग कुरा गरेर काम अगाडि बढाएका छौं । त्यहाँ अहिले केही पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । आशा छ अबको केही समयपछि हामी नेपालमा नै एसेम्बल गर्न सक्ने छौं । यस पटकको बजेटले १५० सीसीदेखि २५० सीसीसम्मका बाइक एसेम्बलमा केही कर छुटको प्याकेजसमेत दिएकाे छ ।


