स्कोडाले ३०० किमी माइलेज दिने इलेक्ट्रीक एसयूभी ल्याउने

स्कोडाले केही समय अगाडि इलेक्ट्रिक कार बनाउने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप कम्पनीले भारतमा ठुलो लगानीसमेत थपिरहेको छ । 

अब स्कोडाले २०२२ मा आफ्नो इलेक्ट्रिक कार इ-आरएस सार्वजनिक गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

स्कोडाले २०२२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी स्कोडा इआरएस लन्च गर्नेछ । यो कम्पनीको भिआरएस भर्जनमा आधारीत रहेर उत्पादन हुने छ भने, यसको फिचरसमेत भिआरएसँग मिल्दो हुनेछ । यसले एकपटक फुलचार्जमा ३०० किलोमिटर माईलेज दिने छ । 

कम्पनीले इलेक्ट्रिक एसयूभी लन्च गर्नु भन्दा पहिला धेरै इलेक्ट्रिक कार पाइप–लाइनमा राखेको छ । जसमा २०२० मा सीटीगो–इ लन्च गर्नेसमेत जनाइएको छ । 

इ-आरएस इलेक्ट्रिक स्कोडाको पहिला एसयूभी मोडल हुनेछ । यसलार्इ गत बर्ष शंघाइ अटो शो मा प्रदर्शन गरिएको भिजन एक्स बेसमा बनाइने छ । 

कम्पनीले यसमा फक्स्वागेनको एमइबी प्लेटफर्म प्रयोग गर्नेछ । फक्स्वागनले आफ्ना सबै कार यहि प्लेटफर्ममा बनाउदै आएको छ ।


Back_to_top