सुजुकीले इलेक्ट्रीक स्कुटर पछि मात्रै बाइक ल्याउने

सुजुकी टू ह्वीलर इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई सन्  २०२० मा सार्वजनिक गर्नेगरि निमार्णमा जुटेको छ । 

जापानिज मोटर कम्पनी सुजुकीले भारतीय बजारलार्इ सुहाउदो मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर २०२० सम्ममा लन्च गर्ने लक्ष्य राखेको जनाएको छ ।

कम्पनीले इलेक्ट्रिक बाइक तथा स्कुटर निर्माणको लागी जापान स्थित हेडक्वाटरको सहयोगमा काम अगाडी बढाएको छ । सुजुकी बाइक इन्डियाका एमडी सातोशी उचिदाको अनुसार भारतीय बजारमा भएका भन्दा सस्तो मूल्यका इलेक्ट्रिक बाइक तथा स्कुटर उपलब्ध गराउने तयारी गरेको हो ।  

कम्पनीले डेन्सो तथा तोसीबा कम्पनीको सहकार्यमा गुजरात स्थित ब्याट्री कम्पनी स्थापनाको लागी एक हजार ७ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।  

साथै, कम्पनीले २०११ मा इलेट्स नामक इलेक्ट्रिक स्कुटर लन्च गरेको थियो जुन असफल भएको थियो । कम्पनीले अब एड्भान्स प्रबिधिको प्रयोग गरेर नयाँ इलेक्ट्रिक बाइक तथा स्कुटर निर्माण थालेको बताउको छ ।  २०२० मा इलेक्ट्रीक स्कुटरको लन्च पछि मात्रै इलेक्ट्रीक बाइकको लन्च गर्ने बताइएको छ ।


Back_to_top