काठमाडौं । तीनवटा प्रदेशका यातायात ब्यवसायी समितिको दाङमा बसेको बैठकले साउन १ गतेदेखि कुनैपनि दुर्घटनाको जिम्मा आफहरुले नलिने निर्णय गरेका छन् ।
प्रदेश नम्बर ५, ६ (कर्णाली) र ७ का यातायात ब्यवसायीको भेलाले यस्तो निर्णय गरेका हुन् । उनीहरुले सरकारले गत चैत्र १८ गते गरेको निर्णयले आफूहरुमाथि अन्याय भएको भन्दै निर्णय सच्चाउनसमेत माग गरेका छन् ।
उनीहरुले सरकारलाई रोक्का रहेका संघसंस्थाको खाता संचालन गर्न र नबिकरण खुल्ला गर्न माग गरेका छन् । साथै बिना तयारी सिण्डीकेट खारेज गर्न खोज्दा दुर्घटना निम्तिने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
सरकारको गलत निर्णयले साउन १ बाट यातायात व्यवसाय क्षेत्रमा ठूलो समस्या सिर्जना हुने उनीहरुको दावी रहेको छ ।
आन्दोलनमा रहेका ८ वटा समितिमा ६ हजार भन्दा बढी यातायातका साधन संचालनमा रहेका छन् ।

