काठमाडौं । नाडा अटो शो २०२४ मा झण्डै आधा दर्जन कार मोडलहरु सार्वजनिक भए । विशेषगरी टाटा, लीपमोटर, नामी, जीकर, एक्सपेङ, अवतार, स्काइवेल, एमजी साइबस्टर, केई, ब्रम्बी जस्ता ब्राण्डका गाडी अटो शोमा प्रदर्शनी भएको थियो ।
यी ब्राण्डले पहिलो पटक नेपाल ल्याएका गाडी विगत ५ महिनामा कति आयात भयो भन्ने धेरैको चासो हुनसक्छ । नेपालीहरुले मनाउने ठूला चाडपर्वको समयमा आयात भएका यी गाडीले बिक्री संख्या पनि राम्रै पाएको अनुमान गर्न सकिन्छ ।
हामीले भदौं, असोज, कार्तिक र मंसिर मसान्तसम्म आयात भएका नयाँ कारहरुको आयात तथ्यांकलाई यहाँ प्रस्तुत गरेका छौं । यहाँ उल्लेख भएको तथ्यांकमा डिसेम्बर १५ अर्थात् पुस १ गतेदेखिको आयात जोडिएको छैन ।
कुन मोडलको आयात कति ?
साउनदेखि मंसिर मसान्तसम्मको आयात अनुसार नाडा अटो शोमा सार्वजनिक भएका गाडीमा सबैभन्दा बढी टाटा पन्च ईभीको आयात भएको देखिन्छ । टाटाले यस अवधिमा ४८४ युनिट पन्च ईभी आयात गरेको छ ।

दोस्रो धेरै आयात नामी बक्स ईभी भएको छ । सानो र फिचर लोडेड ह्याचव्याक कारको आयात ३३६ युनिट भएको भन्सार तथ्यांकमा देखिन्छ ।
तेस्रो धेरै आयात जेको जे–६ मोडल भएको छ । जे–६ यस अवधिमा १६५ युनिट आयात भएको देखिन्छ । डायुनको माइक्रो कार पनि ११५ युनिट आयात भएको छ ।
लीपमोटरको सी–१० को आयात ८४ युनिट भएको देखिन्छ । साथै, एक्सपेङ जी–६ को आयात ५२ युनिट हुँदा अवतार ११ एसयूभी ४४ युनिट आएको छ ।
जीकर र केई एक्स थ्री प्रो मोडल ३२/३२ युनिट आयात हुँदा स्काइवेल बीई–११ को आयात ७ युनिट भएको छ ।

