एफएनसीसीआईले दियो नाडालाई उत्कृष्ट वस्तुगत संघको अवार्ड

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उत्कृष्ट वस्तुगत संघतर्फको अवार्ड पाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नाडालाई उक्त अवार्ड प्रदान गरेको हो । 

महासंघको ५३औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा नाडा उत्कृष्ट बस्तुगत संघ बनेको हो । महासंघले हरेक वर्ष उत्कृष्ट संघहरुलाई सम्मान गर्दै आएको छ । 

नेपाल कम्प्युटर एसोसिएसन महासंघ दोस्रो उत्कृष्ट हुँदा बीउविजन उत्पादक संघले तेस्रो उत्कृष्ट अवार्ड पाएको थियो ।


Back_to_top