काठमाडौं । भृकुटीमण्डपमा बिहीबार ईभी एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो ।
विगतमा नाडाले सबै प्रकारको सवारी साधनको प्रदशनी गर्ने गरेको भए पनि कोभिड पश्चात नाडा अटो शो हुन सकेको थिएन भने भने यस पटक ईभी एक्स्पो आयोजना गरेको हो ।
नाडा ईभी एक्स्पोमा आधा दर्जनभन्दा धेरै चारपाग्रे इलेक्ट्रीक विक्रेता तथा १५ भन्दा धेरै दुई पाग्रे इलेक्ट्रीक विक्रेताहरु सहभागी रहेको छन् ।
तस्वीरहरु हेर्नुहोस नाडा ईभी एक्स्पो











