एमजीको इलेक्ट्रीक माइक्रो एसयूभी, मोटर ७० किलोवाट हाराहारी

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले इलेक्ट्रीक माइक्रो एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने इलेक्ट्रीक माइक्रो एसयूभीमा १०० किलोवाटभन्दा केही कम क्षमातको मोटर जडान हुनेछ ।

विशेषत चीनमा एसएआईसी–जिएम–विलिङ मिलेर उत्पादन गरेको गाडीलाई भारतीय बजारमा एमजीले ल्याउने गरेको कारण नयाँ माइक्रो एसयूभी एमजीको ब्राण्ड नेममा आउने छ । यो गाडी भारतमा उत्पादन हुन लागेको हो ।

नेपाली बजारमा एमजीले चीन र भारतमा उत्पादन गरेका मोडल आधिकारीक विक्रेताको रुपमा पारामाउन्ट मोटर्सले विक्री वितरण गर्दै आएको छ । कम्पनीले ल्याउन लागेको नयाँ माइक्रो एसयूभी वाउजोन ५३० जस्तै देखिन्छ ।

यसलाई झट्ट हेर्दा टोयोटा एफजे क्रुजर वा सुजुकी जिम्नीबाट प्रेरित रहेको पनि मान्न सकिन्छ । कम्पनीले यसमा कुन साइजको ब्याट्री प्रदान गर्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।


Back_to_top