भृकुटीमण्डपमा आजबाट ‘इलेक्ट्रीक गाडी’ सम्बन्धी छलफल सुरु हुँदै

काठमाडौं । नाडाले आयोजना गरेको नेपाल कै पहिलो ईभी एक्स्पोमा नयाँ टेक्नोलोजी सम्बन्धी जानकारी दिन आजबाट सुरु गर्न लागेको ईभी चौतारी कार्यक्रममा जो कोहीले आएर सहभागिता जनाउन पाउने छन् ।

आज दिउँदो दुई बजेबाट काठमाडौंको भृकुटीमण्डमा आयोजना हुन लागेको कार्यक्रममा प्रविधि र ईको सिस्टम शिर्षकमा छलफल हुनेछ । विद्युतीय सवारी साधनको विकास क्रम र त्यसमा प्रयोग हुने प्रविधि, यसका जटिलता र फाइदा लगायतका विषयमा ईभी चौतारीको पहिलो दिन छलफल हुनेछ ।

आजको कार्यक्रममा वन तथा वातावरण सचिव प्रेम नारायण कडेल सभापति रहने छन् । त्यसैगरी यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धानकर्ता शिल्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सीईओ अभिशेक कार्की, सिप्रदीका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन् ।

युएसएड क्लिन एयरको सहयोगमा भइरहेको ईभी चौतारी कार्यक्रम भुषण तुलाधरले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।
विभिन्न क्षेत्रका विषयगत विज्ञहरुको सहभागितामा हुन लागेको यो कार्यशाला गोष्ठिले नेपालमा विद्युतीय गाडी उत्पादन र विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Back_to_top