भृकुटीमण्डपबाट बजाजले दुई मोटरसाइकलको विक्री सुरु गर्दै

काठमाडौं । बजाजको आधिकारीक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले काठमाडौंको भृकुटीमण्डपबाट आज दुई नयाँ मोटरसाइकलको विक्री सुरु गर्ने भएको छ । कम्पनीले केही दिनअघि बजारमा आउने घोषणा गरेको पल्सर सिरिजकै सबैभन्दा ठूलो मोटरसाइकल एन २५० र नयाँ जेनेरेशन एन १६० सार्वजनिक गर्न लागेको हो ।

बजाजले यी दुबै मोटरसाइकल भृकुटीमण्डमा आयोजना गर्न लागेको एक्स्चेन्ज मेला मार्फत सार्वजनिक गर्न लागेको हो । दुबै मोटरसाइकल समान स्ट्रीट फाइटर डिजाइनमा तयार भएका हुन् । दुबै मोटरसाइकलमा इन्जिन बाहेक अन्य धेरै फिचरमा समानता पाउन सकिन्छ ।

बजाज पल्सर एन २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ र एन १६० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यी दुबै मोटरसाइकल डबल च्यानल एबीएसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस्तो छ पल्सर एन २५०

पल्सर एन २५० निकै स्पोर्टी डिजाइनमा तयार भएको छ । हिम चितुवाको आँखा जस्तो हेडल्याम्प रहेको यो मोटसाइकल निकै आकर्षक देखिन्छ । यसलाई धेरैले नयाँ जेनेरेशन पल्सर पनि भन्छन् ।

यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयलकुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८७५० आरपीएममा उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।

बजाजले नयाँ पल्सर एन २५० को दुवै ह्वीलमा डिस्क ब्रेक दिएको छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क पाउन सकिन्छ । यसमा एबीएस फिचर पनि पाउन सकिन्छ ।

१७ इन्चको अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा निट्रोक्स मोनोसक पाउन सकिन्छ । एनालगसहितको डिजिटल कन्सोल, वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

पल्सर एन १६०

यसअघि पल्सर एनएस १६० नामबाट उपलब्ध मोटरसाइकलको सट्टामा पल्सर एन १६० आएको हो । कम्पनीले यसको इन्जिन, ह्वील, इन्धन ट्याङ्की, बडी प्यानल, हेडलाईट, टेललाइट, इन्ट्रुमेन्ट क्लष्टरदेखि एगजस्टसम्म परिवर्तन गरेको छ । निकै फ्रेस लुक्समा देखिएको पल्सर एन १६० आफ्नो नयाँ जेनेरेशन मोडल पल्सर २५० एनको बेबी भर्सन भन्दा फरक पर्दैन ।

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा पनि सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।


Back_to_top