२५० सीसी सेग्मेन्टका दुई ‘जब्बर प्रतिस्पर्धी’

काठमाडौं । नेपाली बजारमा मूल्य, फिचर र डिजाइनको आधारमा दुई जब्बर प्रतिस्पर्धी मोटरसाइकल उपलब्ध छन् । बजाजले आज सार्वजनिक गरेको पल्सर एन २५० को सिधा प्रतिस्पर्धा यामाहा एफजेड २५ सँग हुनेछ ।

विशेषत उच्च पावर र स्टाइलिस डिजाइन खोज्ने युवाहरुले २५० सीसी सेग्मेन्टमा उपलब्ध मोटरसाइकल खोज्ने गर्छन् । महंगो मूल्य तिर्न सक्नेको लागि यो सेग्मेन्टमा केटीएम र हस्कभर्ना जस्ता ब्राण्डका उत्पादन छन् ।

कम मूल्यमा आफ्नो आवश्यकता पुरा गर्नेको लागि २५० सीसी सेग्मेन्ट बजाज पल्सर एन २५० र यामाहा एफजेड २५ उत्कृष्ट हुन सक्छ ।

इन्जिन

यी दुवै मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, एफआई इन्जिन रहेको छ । बजाजले आयल कुल इन्जिन दिँदा यामाहाले एयर कुल इन्जिन दिएको छ ।

पावरको तुलना गर्दा बजाज धेरै अगाडि देखिन्छ । बजाज एन २५० को इन्जिनले ८७५० आरपीएममा उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै यामाहा एफजेड २५ मा रहेको इन्जिनले ८००० आरपीएममा उच्चतम २०.८ पीएस पावर तथा ६००० आरपीएममा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यी दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

बजाज पल्सर एन २५० को टप स्पीड १४० किलोमिटर प्रतिघन्टा रहेको छ भने यामाहा एफजेड २५ को टप स्पीड १३४ किलोमिटर प्रतिघन्टा रहेको छ ।

डाइमेन्सन

बजाज पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । त्यस्तै यामाहा एफजेड २५ को लम्वाई २०१५ एमएम, चौडाई ७७५ एमएम, उचाई १०७५ एमएम, ह्वीलवेस १३६० एमएम, सिट हाइट ७९५ एमएम रहेको छ ।

यामाहा एफजेडको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने बजाज पल्सर एन २५० को ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

ब्रेक/सस्पेन्सन/ह्वील

यी दुबै मोटरसाइकलको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध रहेको छ । एफजेड २५ को फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क रहेको छ ।

बजाजले पल्सरमा सिंगल च्यानल एबीएस दिँदा यामाहाले डबल च्यानल एबीएस दिइको छ । ब्रेक साइजमा बजाज अगाडि रहेको छ ।

यी दुवै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन रहेको छ भने, रियरमा बजाजले निट्रोक मोनोसक दिँदा यामाहाले ७ स्टेप एडजष्टेवल मोनोक्रस सस्पेन्सन दिइको छ । यी दुवै कम्पनीले १७ इन्चको अलोय ह्वील दिएका छन् ।

इन्धन

यी दुवै मोटरसाइकलमा १४ लिटर क्षमताको फ्युल ट्याङ रहेको छ । यामाहा एफजेड २५ ले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ भने बजाजले ३८ किलोमिट माइलेज दावी गरेको छ ।

अन्य फिचर

यी दुवै मोटरसाइकलको फ्रन्ट लुक अग्रेसिप रहेको छ । बजाजले एनालगसहितको डिजिटल कन्सोल दिएको छ भने यामाहाले फुल डिजिटल कन्सोल दिएको छ । यी दुवै मोटरसाइकलको कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।

बजाजले वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ भने यामाहाले एलइडी हेडल्याम्प दिइको छ । यी दुवै मोटरसाइकलमा किक स्टार्ट अप्सन उपलब्ध छैन ।

मूल्य

यामाहा एफजेड २५ नेपाली बजारमा विक्री भइरहेको मोटरसाइकल हो भने बजाज पल्सर एन २५० बहुप्रतिक्षित मोटरसाइकल हो । यामाहा एफजेड २५ र बजाज पल्सर एन २५० को मूल्य भारतीय बजारमा समान जस्तै रहेको ।

यामाहाले एफजेड २५ लाई ४ लाख ७४ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ भने बजाजले ४ लाख ८९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर पल्सर एन २५० को विक्री सुरु गरेको हो ।


Back_to_top