अटो व्यवसायीलाई गर्भनरको सुझावः सवारीको बर्गिकरण गर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले अटोमोवाइल क्षेत्रलाई बर्गिकरण गर्न सुझाव दिएका छन् । उनले नाडाको नवनिर्वाचित कार्यसमितिको प्रतिनिधि मण्डलसँग कुरागर्दै व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवी इक्यूपमेन्ट गरी तीन बर्गमा सवारीसाधन बर्गिकरण गरेर बिक्री गर्न सुझाव दिएका छन् ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैङ्कका गर्वनर डा. चिरञ्जिवी नेपाल भेटेको थियो ।
उनिहरुले नेपाल राष्ट्र बैङ्कले मिति २०७६ साल पौष ८ गते बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७६, ले समग्र

अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधान गर्भनरले पहल गर्नुपर्ने माग राखेका थिए ।

नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैङ्क र वित्तीय निकायहरुले ऋण दिदा कुल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको थियो ।

जिज्ञासालाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ क्षेत्र रहेको बताएका थिए । आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको उनको भनाई थियो ।

‘नेपालको निर्यात बढन नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको छ, तपाईहरु समयको बाध्यता बुझ्नुस्’ डा नेपालले व्यवसायीहरुलाई भनेका थिए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल सहभागि थिए ।


Back_to_top