नाडाको गतिबिधि पोखरामा पनि संचलान गर्न माग

पोखरा । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालकासँग पश्चिमाञ्चल अटोमोवाइल ब्यवसायीहरुले नाडाका गतिविधि पोखरामा पनि संचलन गर्न सुझाव दिएका छन् । 

नाडा र वाडाको भदौ १ गते पोखरामा भएको अन्तर्क्रिया कार्यक्रममा वाडाका सदस्यहरुले नाडाको कार्यक्रम उपत्यका बाहिर विस्तार गर्न सुझाएका हुन् । 

अन्तर्क्रिया आर्यक्रममा स्थानीय स्तरमा ब्यवसाय संचलनका कठिनाई देखि के कस्ता समस्या प्रदेश र केन्द्रिय सरकारबाट भएको छ भन्ने विषयमा छलफल भएको थियो । 

वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्तर्क्रिया कार्यक्रमा अधिकासं ब्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सावरीसधानमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नुपर्ने जस्ता बिषयको उठान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको थप कर नलागाएको जानकारी दिदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफुहरु त्यसको विपक्षमा उभिने जानकारी दिए । 

‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर ब्यवसाय गर्ने ब्यवसायीको हक र हितमा कामगर्ने हुँदा सबै प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउने कार्य अगाडि बढेका छौं । संघिय सरकारसँग गर्नुपर्ने नीतिगत कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्छु’ नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने ।

कार्यक्रमा बोल्ने अधिकांश वाडाका पदाधिकारीहरुले नाडाको कार्यक्रममा आफुहरुको सक्रिय सहभागिताको प्रतिबद्ता गरेका थिए भने स्थानीय स्तरमा ब्यवसाय बिस्तारको लागि पहल गर्न अपिल गरेका थिए ।  


Back_to_top