हुन्डाई मोटर कम्पनीले सान्ता क्रुज अवधारणामा आधारित नयाँ मोडलको पीकअप गाडी सन् २०२० मा सार्वजनिक गर्ने जनाएको छ ।
द डिट्रोईट ब्यूरोमा बोल्दै हुन्डाई मोटरका मालिक क्युङ सू लीले नयाँ डिजाईनका साथ अमेरिकी बजारमा हुन्डाई नयाँ गाडी सार्वजनिक गर्ने योजना बनाएको बताएका छन् ।
नयाँ मोटरमा सान्ता क्रुज अवधारणाको फुटस्टेपको फलो गरिएको छ भने लाईफस्टाईल भने होन्डा रिजलाईनबाट प्रभावित भएको छ । यस पीकअप क्रसओभर प्लेटफर्ममा आधारित रहने छ । कम्पनी यसको लागत कम गर्ने र सान्ता क्रुजलाई कार राईडको रुपमा प्रस्तुत गर्ने जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार नयाँ गाडी टर्बोचार्ज्ड इन्जिनमा १.६ लिटर ४ सिलिन्डर वा २.४ लिटर ४ सिलिन्डर मध्ये १ इन्जिनमा ल्याउने अनुमान गरिएको छ ।
यसमा लगाईने २.४ लिटर इन्जिनले १८५ एचपी पावर र २४१ एनएम टर्क उत्पादन गर्नेछ भने टर्बोचर्ज्र्ड इन्जिनले २०१ एचपी पावर र २६४ एनएम टर्क उत्पादन गर्छ ।
हुन्डाईले अत्यन्त योङ जेनेरेसनलाई लक्षित गर्दै यो पीकअप ल्याउन लागेको जनाएको छ । यसको मूल्यको बिषयमा कम्पनीले केही बताएको छेन ।

