मंगलग्रहमा हेलिकप्टर उडाउने तयारी, हेर्नुस् भिडियोमा

काठमाडौं । नासाले मार्टिन सतहमा नेक्स्ट–जेनरेसन रोभर राख्नको लागि मंगल ग्रहमा एक सानो हेलीकप्टर पठाँउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अमेरिकन स्पेस एजेन्सीको सन् २०२० मिशनको एक भागको रूपमा मंगलग्रहमा पहिलो पटक यस्तो विमान पठाउन लागिएको नासाले बताएको छ । 

नासाले दिएको जानकारी अनुसार, मार्स हेलीकप्टर रिमोटबाट नियन्त्रण गरिनेछ, जसमा ३ हजार आरपिएममा घुम्ने दुईवटा काउन्टर–रोटेटिङ ब्लेडहरु जडान भएका छन् । यो हेलीकप्टर वायुमण्डलमा उडान गर्न डिजाइन गरिएको हो । 

‘अहिलेसम्म पृथ्वीमा उड्ने हेलिकप्टरको उचाईको रेकर्ड ४० हजार फिट रहेको छ । मंगल ग्रहको वातावरण पृथ्वीको केवल १ प्रतिशत छ, त्यसैले यस हेलीकाप्टर जमीनी सतहमा भएको बेला, पृथ्वीको अनुसार हेर्दा १ लाख फिट (३० हजार ४ सय मीटर ) माथि रहन्छ ।’ नासाको प्रोपुलसन ल्याबेरोटरी, मार्स हेलीकाप्टरका प्रोजेक्ट म्यानेजर मीमी आंगले बताए । 

नासा अफिसरहरुका अनुसार ‘रोटरव्रmाफ्ट’ रोभरमा जोडिएको रेड ग्रहको सतहसम्म पुग्ने बताए । मैदानमा हेलीकाप्टरहरू राखे पछि, सुरक्षित दूरीमा ड्राइभ गराउनका लागि रोभरलाई निर्देशित गरिनेछ । हेलीकप्टरको ब्याट्रीहरू चार्ज र परीक्षण सञ्चालन गरेपछि, पृथ्वीबाट नियन्त्रकहरूले यस हेलीकप्टरलाई आफ्नो पहिलो स्वायत्त उडान लिनका लागि आदेश दिनेछन् । 

‘एक अर्को ग्रहको आकाशमा उड्ने हेलिकप्टरको विचार निकै रोमाञ्चक छ’ नासाको प्रशासक जिम ब्रिडेनस्टाइनले एक बयानमा भने । 

लो–फ्लाइङ स्काउट वा जमीनबाट पहुँचयोग्य स्थानहरूमा पुग्न डिजाइन गरिएको यस हेलिकप्टरले मंगल ग्रहमा, विमानको व्यवहार र उपयोगिता बारेमा तथ्यहरु संकलन गर्ने नासाले लक्ष्य राखेको छ ।


Back_to_top