एशिया प्यासिफिक मोटर स्पोर्टस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जितेको छ ।

सेप्टेम्बर २६-२८मा श्रीलंकाको कोलम्बोस्थितमा आयोजित एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप-२०२५ मा नेपालका आशिष भारती ‘रोनी’ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेका हुन् ।

उक्त प्रतियोगितामा १८ राष्ट्रका २०४ खेलाडीले सहभागिता जनाएका थिए । ललितपुरका ३१ वर्षिय आशिषको यस सफतलाको यात्रा थप प्रेरणादायी पनि रह्यो । पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एशिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि आत्मविश्वाससहित मुख्य प्रतियोगितामा प्रवेश गरे ।

अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए ।

सो च्याम्पियनसिपमा नेपालले अष्ट्रेलिया र जापानसगै एक/एक स्वर्ण जित्दै सातौँ स्थानमा साझा स्थान सुरक्षित गर्यो । पदक तालिकामा फिलिपिन्स शीर्ष स्थानमा रह्यो, जसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्यो ।

श्रीलंका र हङकङले पनि दुई-दुई स्वर्णसहित क्रसशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मलेसिया, भारत र कीर्गिस्तानले एक स्वर्ण सहित क्रसशः चौथो, पाचौँ र छैटौ रहे । चाइनीज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कास्यमै चित्त बुझाए । चीन, सिङ्गापुर, माल्दिभ्स र बंगलादेश भने कुनै पदक जित्न नसकेर तालिकाको अन्त्यमा रहे ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एण्ड टे«निङ्ग कमिसनका सचिव तथा सो च्याम्पियनसिपका लागी नेपाली टिम म्यानेजर आशिष रौनियारले यस उपलब्धि साझा मेहनतको परिणाम भएको बताए । ‘यो हाम्रो सपना साकार भएको क्षण हो । रोनीको स्वर्णले प्रमाणित गर्यो कि नेपाल अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मात्र होइन जित्न पनि सक्छ । खेलाडीलाई उचित तालिम, पूर्वाधार र स्रोत उपलब्ध गराउन सकियो भने आगामी दिनमा एशियामा मात्रै नभई वल्र्ड च्याम्पियनसिपमै पदक ल्याउन सकिन्छ,’ उनले भने ।

एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप-२०२५ मा नेपालले जितेको यो स्वर्ण केवल पदक मात्र होइन, नेपाली मोटरस्पोट्र्सको नयाँ युगको सुरुवातको प्रतीक पनि हो, जसले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोट्र्स परिवारमा सम्मानजनक स्थान दिलाएको मात्र नभई आगामी दिनमा साहसी नयाँ पुस्ताका लागि थप अवसरहरू सिर्जना गर्नेछ ।


Back_to_top