काठमाडौं । मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइलस्द्वारा फ्रान्सको मार्सेली सहरमा आयोजना हुने मोटर स्पोर्टस् गेममा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ ।
अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालोको तर्फ बाट सो प्रतियोगितामा क्रमश अटो सललोम र कार्टिङ स्र्पीन्ट विधामा सहभागी हुने भएका हुन् ।
यो प्रतियोगिता यही अक्टुबर २६ बाट ३१ सम्म हुने सो वोल्र्ड इभेन्टमा १७ भन्दा बढी बिधामा ९डिसिप्लेन० समावेश गरिएको छ भने विश्व भरीका देशका ड्राइभर्स (एथलेट) सहभागी हुदैछन ।
संसारमै अत्यन्तै लोकप्रिय भनीएको मोटर्सस्पोर्टस नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तराष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै ओलम्पीक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेमस्को शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडी को व्राण्डीङ्ग , कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डाको नाममा ड्राइभर्स र टिमको व्राण्डीङ्ग तथा राष्ट्रिय टिम र खेलाडी को सहभागिता गराइदै आएको छ ।

