बन्यो आगलागी हुँदा मानिसको उद्धार गर्ने ड्रोन (फोटो–फिचरसहित)

चीनले आगलागी भैरहेका अग्ला विल्डिङ्गबाट मानिसलाई सुरक्षित उद्धार गर्ने नयाँ प्रविधिको निर्माण गरेको छ । चीनका ६ विद्यार्थीले आगोमा फसेका मानिसको उद्धारका लागि नेटगार्ड ड्रोन निर्माण गरेका हुन् । 

नेटगमर्ड ड्रोन हाई–अल्टीट्यूड सेल्फ ड्रिभन यूएभी डिभाइस हो । यसलाई कन्सेप्ट मोडलको आधारमा डिजाइन गरिएको छ । 

ड्रोनको मद्दतबाट उच्च स्थानमा फसेका मानिसलाई सुरक्षित  उद्धार गर्न मद्दत पुर्याउँछ । यस कन्सेप्ट मोडलले इमरजेन्सी सिङ्गनलमा सहजै काम गर्न सक्छ । यो ड्रोन जीपीएस प्रविधिमार्फत् आगलागि भएको स्थानमा पुग्ने विद्यार्थीहरुले बताएका छन् । ड्रोनमा चारवटा प्रोपेलर लगाइएको छ, जसको मद्दतबाट ड्रोन तिव्र गतिमा उड्न सक्ने उनीहरुले बताएका छन् ।

यसको सेन्टरमा  पोली–युरेथेनबाट बनेको नेट लगाइएको छ । यसले सहजै, वयस्क मानिसलाई बोकेर सुरक्षित स्थानमा लैजान सक्छ । यो नेट–प्रोपेलरको बीचमा फोल्ड हुन्छ भने आपतकालिन अवस्थामा खुल्ने गर्छ । यसमा उपलब्ध सेन्सरको मद्दतबाट बस्तुकोे अवस्था पत्ता लगाउन सकिन्छ ।


Back_to_top