सिंगापुरमा पनि बिक्री सुरू भयो नेटाका ईभी

काठमाडौं । चिनियाँ स्टार्टअप अटोमोवाइल कम्पनी नेटाका उत्पादन सिंगापुरमा पनि बिक्री हुने भएको छ । कम्पनी नै बन्द हुन लागेको हल्ला चलिरहेको समयमा नेटाले सिंगापुरमा बिक्री सुरु गर्दै आलोचकको मुख बन्द गराएको हो ।

गत बिहिबारबाट सुरु भएको ‘सिंगापुर मोटर शो’ मार्फत नेटाले आफ्ना कारहरु बिक्री सुरु भएको घोषणा गरेको हो । कम्पनीले सिंगापुरमा पनि नेपालमा बिक्री हुँदै आएको दुई मोडल कै बिक्री सुरु गरेको छ ।

नेटाको कम्प्याक्ट एसयूभी नेटा एक्स र क्रसओभर ह्याचव्याक नेटा आया (भी) मोडलको बिक्री सुरु गरेको हो । कम्पनीले मोटर शोको पहिलो दिन नै ५२ युनिट बुकिङ लिएको जानकारी दिएको थियो ।

नेटाले सिंगापुरको एनईभी स्ट्याण्डर्ड अनुसार ‘सर्टिफिकेट’ पाइसकेको छ । त्यसैले कम्पनीले चाँडै अत्याधुनिक सुविधा सहितको शोरुम पनि संचालन गर्न लागेको जनाएको छ ।

नेटा एक्स कम्प्याक्ट एसयूभी हो । नेटा आया नेपालमा बिक्री हुँदै आएको नेटा भीको परिमार्जित भर्सन हो । नेटाले थाइल्याण्डमा आफ्ना कारहरु उत्पादन गर्दै आएको छ ।

नेटा ब्राण्डका गाडीहरु चीन बाहेक थाइल्याण्ड, इन्डोनेशिया, मलेशिया, नेपाल लगायतका देशमा बिक्री हुदै आएका छन् । नेटाले छिट्टै युरोप र अष्ट्रेलीयामा पनि आफ्ना कार बिक्री गर्ने योजना बनाएको छ ।

 


Back_to_top