पहिलो फिल्ममै ‘हिट’ भएपछि समिरले पाए ३ करोड ७० लाख पर्ने कार

काठमाडौं । आफ्नो पहिलो चलचित्र सफल भएपछि नायक समिर भट्टले टोयोटा एलसी २५० प्राडो उपहार पाएका छन् । ३ करोड ७० लाख रुपैयाँ मूल्य पर्ने एलसी २५० समिरलाई उनका पिता विराज भट्टले उपहार दिएका हुन् ।

नेपालका चर्चित एक्सन हिरो विराज भट्टले नै निर्माण तथा निर्देशन गरेको चलचित्र १२ गाँउले २५ करोड बढीको व्यापार गरेको थियो भने १० करोड माथि नाफा कमाएर दिएको विभिन्न रिपोर्टहरूले दाबी गरेका थिए । आफ्नो पहिलो चलचित्र सफल भएसँगै समिरलाई विराजले कार उपहार दिएका हुन् ।

भारतबाट एक्सन सिकेर आएका समिर भट्टले अभिनय गरेका पहिलो चलचित्र १२ गाउँले २५ करोडभन्दा धेरै पैसा कलेक्सन गरेको थियो । उनको एक्सनको चौतर्फी चर्चा भएको थियो ।

टोयाटा कारको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्स सिण्डिकेटले केही दिन अघि मात्रै बिक्री सुरू गरेको एलसी-२५० प्राडोमा सुरक्षा, गुणस्तर र सबै किसिमको बाटोको लागि उपयुक्त मोडल मानिन्छ ।

नयाँ एलसी-२५० प्राडोमा २५७७ सीसीको फोर सिलिण्डर इन लाइन इन्जिन दिइएको छ । यसको अधिकतम पावर २०४ पीएस रहेको छ । ८ स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।

नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सिङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटिक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।

टोयोटाले एलसी-२५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफ/मुनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ दिइएको छ ।

नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी२५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।

कम्पनीले नेपाल ल्याएको एलसी-२५० प्राडोको अल राउण्डर भेरियन्टको मूल्य ३ करोड २० लाख रुपैयाँ तोकिएको छ । यसमा लग्जरी भेरियन्टमा भएका सनरुफ, अटोमेटिक एसी जस्ता फिचर छैन । साथै, स्क्रीन सानो छ भने स्पीकरको संख्या पनि कम छ ।


Back_to_top