नेटाभीकाे माग बढ्दाे,एकैपटक ३६०० यूनिट थाइल्याण्ड निर्यात

काठमाडौं । होजोन अटो अन्तर्गतको न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी नेटा अटोले ग्वान्झावकाे नान्शा पोर्टबाट एकै पटक ३ हजार ६०० यूनिट नेटा भी थाइल्याण्ड पठाएको छ ।

गतहप्ता कम्पनीले आफ्नो वीच्याट अकाउन्टमार्फत नेटा भी ब्याट्री ईभी एकपटक ठूलोसंख्यामा विदेशी बजारमा शिपमेन्ट गरेको जानकारि दिएकाे हो ।

यो ढुवानीले नेटा अटोको लागि विश्वव्यापी न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने अटोमेकरले बताएकाे छ।

नेटा अटोले सन् २०२२ देखि नै आफ्नो ‘डिप्ली रुटेड इन आसियन, ग्लोबल डिप्लोइड’ विदेशी रणनीति अंगिकार गर्दै विश्वव्यापी व्यापारलाई गति दिँदै आएको छ । यसका लागि कम्पनीले युरोपेली बिजनेस यूनिट र एक थाइ सब्सीडरी समेत स्थापना गरेको छ।

यसबाहेक, कम्पनीले नेटा यूको अन्तर्राष्ट्रिय संस्करणसहित नेटा भीको अन्तर्राष्ट्रिय संस्करण र नेटा भी राइट ह्यान्ड ड्राइभ संस्करणसहित तीनवटा मोडेललाई अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ। हाल यी गाडीको विक्री वितरण आसियन, दक्षिण एसिया र मध्य पूर्वका देशमा हुँदै आएको छ।

नेटा भी राइट ह्यान्ड ड्राइभ संस्करण गएको वर्ष अगस्टमा थाइ बजारमा सार्वजनिक भएको थियो । यो विभिन्न ६ वटा रङको अप्सनमा पाउन सकिन्छ । यसको रेन्ज सिङ्गल चार्जमा ३८४ किलोमिटर रहेको छ ।

नेटा भीमा १४.६ इन्चको फराकिलो बोडरलेस सेन्ट्रल कन्ट्रोल स्क्रीनको साथमा १२ इन्चको इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ । यसमा क्रूज कन्ट्रोल, किलेस इन्ट्री, र बटन–फ्री स्टार्ट लगायत धेरै सुविधाले सुसज्जित छ।

हालसम्म, चिनियाँ न्यू इनर्जी भेइकल निर्माताले थाइल्याण्डमा २ हजार यूनिट बढी नेटा भी डेलिभरी गरिसकेको छ। याे कार नेपालमा पनि निकै रूचाइएकाे माेडल हाे ।

कम्पनीले गत मार्च १० देखि थाइल्याण्डमा आफ्नो इको इन्टेलिजेन्ट प्लान्टको काम अघि बढाएको छ। वार्षिक २० हजार यूनिट उत्पादन क्षमता रहेको यो प्लान्टमा राइट ह्यान्ड ड्राइभ हुने आसियन क्षेत्रमा निर्यात हुने गाडी उत्पादन हुनेछ ।


Back_to_top