आज लन्च हुँदै डेढ दर्जन बढी नयाँ कार

काठमाडौं । अटोमोबाइल क्षेत्रको महाकुम्भ मानिने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अयोजना हुने एक्स्पोमा ५५ ब्राण्डले सहभागिता जनाएका छन् ।

यस वर्ष नाइमामा नयाँ मोडलको बाढी लाग्ने भएको छ । दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल ब्राण्डले गरी ४० बढी नयाँ मोडल लन्च गर्ने भएका हुन् । जसमा पूरै नयाँ मोडल र यसअघि बिक्री हुँदै आएका मोडलको अपडेटेड भर्सन सार्वजनिक गर्ने भएका हुन् ।

मुख्य चासोका साथ हेरिने प्यासेन्जर कार सेग्मेन्टमा मात्रै डेढ दर्जन नयाँ मोडल लन्च हुँदैछन् । जसमा अधिकांश विद्युतीय कार रहेका छन् । नाइमा मार्फत नै करिब आधा दर्जन नयाँ कार ब्राण्ड नेपाल प्रवेश गर्दैछन् ।

नाइमामा हुन्डाईले चार नयाँ मोडल लन्च गर्दैछ । हुन्डाईले आयोनिक नाइन, मेड इन नेपाल अल न्यु हुन्डाई भेन्यु, भेन्यु एनलाइन र अपडेटेड क्रेटा सार्वजनिक गर्दैछ ।

त्यस्तै, लक्ष्मी ग्रुप अन्तर्गत लक्ष्मी मोटर हबले नयाँ ब्राण्ड बीएआइसीको बीजे ३० ई सार्वजनिक गर्दैछ । साथै, लक्ष्मी ग्रुप अन्तर्गतकै कम्पनीले नयाँ केई इक्युट र क्यारी ब्राण्डका दुई नयाँ कमर्शियल भेहिकल लन्च गर्दैछ ।

पारमाउन्ट माटर्सले वुलिङका ४ नयाँ ईभी सार्वजनिक गर्दैछ । कम्पनीले एक्सियन एसयूभी, बुलिङ मिनी ईभी, डारियन एमपीभी र फेसलिफ्ट बिंगो लन्च गर्नेछ ।

एसपीजी अटोमोबाल्सले ओमाडा ४, चेरी क्यूक्यू ३, आइकार भी २७, पायोनियर मोटोकर्पले निसान टेकटन, जीओ अटोमोबाइल्सले एमजी मेजेस्टर, महिन्द्राले एक्सईभी ९ एस, ईभी राइडले होनरी बोमा ईभी लन्च गर्दैछन् ।

टाटा मोटर्सले पन्च र टियागो ईभीको फेसलिफ्ट मोडल, साइमेक्स इंकले एटो वान, एटो टु र एटो थ्रीको अपडेटेड भर्सन लन्च गर्दैछ ।

युनाइटेड ट्रेडर्सले टोयोटाको छैटौं पुस्ताको र्याभ ४ र नवौं पुस्ताको हाइलक्स लन्च गर्दैछ । त्यस्तै, नाइमामा जीडब्लूएमका २, कन्टिनेन्टल ट्रेडिङले कियाका ३, हिमालयन मोट्रेक्सले म्याक्ससका ३, एसक्यूबले हेनरी भोल्ट्सको ३ र सांग्रिला मोटर्सले लीपमोटरको १ नयाँ मोडल लन्च हुँदैछन् ।

नयाँ ब्राण्ड र मोडलको आवगमनले उपभोक्ताले भने धेरै छनोट अवसर पाउने छन् । आफ्नो रोजाइ, आवश्यकता र बजेटको आधारमा नयाँ कार खििरद गर्न सक्ने छन् ।


Back_to_top