नयाँ कलर अप्सनमा बीएमडब्लूका बाइक

बीएमडब्लूको जी ३१० आर र जीएस ३१० मोटरसाइकल नयाँ कलर अप्सनमा आएको छ । नेकेड रोडस्टर मोटरसाइकल कस्मिक ब्ल्याक टू र स्ट्रेटा ब्ल्यू मेटालिक कलर अप्सनमा आएको हो ।  फ्रन्ट फेन्डर, रेडिएटर कभर र रियर फेयरिंगले यी मोटरसाइकललाई नयाँ लुक दिएको छ । 

नयाँ कलरमा आएको जी ३१० जीएस फ्रन्ट बिक र आकर्षक फ्युल ट्यांकी लगाइएको छ  । यसको मूल्यमा भने कुनै परिमार्जन नहुने कम्पनीले जनाएको छ । 

बाइकमा ३१३ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर प्रयोग गरिएको छ । उक्त इन्जिनले ३४ बीएचपी पावर दिन्छ भने २८ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल ट्रान्समिसनको साथै एडभेन्चर टुअरिङको विशेषता रहेको बीएमडब्लूमा टीभीएस जी ३१० आर सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ ।

जी ३१० जीएसमा १९इन्च फ्रन्ट ह्वील, सस्पेन्सन ट्राभल, १७ इन्च अलोयह्वील दिइएको छ । जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । 


Back_to_top