रेनो डस्टर फेसलिफ्ट सार्वजनिक, सुरुवाती मूल्य ७ लाख ९९ हजार भारु

रेनोले भारतीय बजारमा डस्टरको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । सोबार सार्वजनिक भएको डस्टर फेसलिफ्टको मूल्य ७ लाख ९९ हजारदेखि १२ लाख २५ हजार भारुसम्म रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको २०१९ डस्टर फेसलिफ्टमा डिजाइन, हेडल्याम्प र फ्रन्ट लुकमा परिमार्जन गरिएको छ । एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प, नयाँ डिजाइन गरिएको अलोय ह्वीललगायत विशेषता रहेको छ । फेसलिफ्टको फ्रन्ट बम्परमा पनि बदलाव गरिएको छ ।

यसको रुपमा परिर्वतन ल्याउन नयाँ रुफ रेल्स, फेसलिफ्टमा नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्स छन् । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस गरिएको कम्पनीले जानकारी दिएको छ । यो मोडल पनि पुरानो मोडलमा दिएजस्तै १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । 


Back_to_top