काठमाडौं । प्योर ईभी ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल नेपाल भित्रिएको छ । प्योर ईभीको ‘इट्राइस्ट ३५०’ मोटरसाइकलको नेपालमा विक्री सुरु भएको हो ।
प्योर ईभीका लागि नेपालको आधिकारीक विक्रेता कम्पनी ह्वाइट लोटस प्रालिले इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु गरेको हो । कम्पनीले ‘इट्राइस्ट ३५०’ इलेक्ट्रीक मोटरसाइकलको ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।
यो मोटरसाइकल अर्वान राइडको लागि उपयुक्त हुने डिजाइनको रहेको छ । कम्पनीले युवा पुस्तालाई मध्यनजर गर्दै इलेक्ट्रीक कम्युटर मोटरसाइकल ल्याएको हो ।
प्योर ईभी इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसलाई फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ । यसको टप स्पीड सेग्मेन्टमा नै धेरै ८५ किलोमिटर प्रतिघन्टाको रहेको छ ।

यो मोटरसाइकल तीन राइड मोडसहित आउँछ । यसमा ड्राइभ मोड, क्रस ओभर, थ्रील गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ । साथै, यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।
इट्राइस्ट ३५० मा फुल डिजिटल एलइडी डिस्प्ले, दुबै चक्कामा डिस्क ब्रेक, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ । यो मोटरसाइकलमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

