यस्तो छ, महिन्द्राको नयाँ इलेक्ट्रीक सवारीसाधन अल्फा र सुप्रो

काठमाडौं । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन कर्पाेरेटले आगामी फागुन १० गतेबाट तीन दिनसम्म आयोजना गर्ने ‘महिन्द्रा उदय’ मेलामा विभिन्न ३० भन्दा बढी सवारीसाधनलाई प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले आफ्नो उत्पादन र ब्रान्डको बजार विस्तार र जानकारी दिने उद्देश्यले आयोजना गर्न लागेको उक्त मेलामा आफ्ना नयाँ दुईवटा इलेक्ट्रीक सवारीसाधन शोकेश गर्ने भएको छ । 

कम्पनीले नेपाली बजारमा केही समय अगाडि ल्याएको ई–अल्फा र ई–सुप्रोलाई मेलामा शोकेस गर्न लागेको हो । 

ई–अल्फा

अग्नी इन्कर्पाेरेटले सार्वजनिक गर्ने भएको ई–अल्फा मिनी तीनपाङ्ग्रे रिक्सा हो । यसलाई कम्पनीले नेपालको तराई क्षेत्रमा बिक्री वितरण गर्दै आएको छ ।  आकर्षक डिजाइन, स्टाइलिस्ट लुक्स तथा विशेषता यसका महत्वपूर्ण पक्ष हुन् । कम्पनीले यसमा एयरोडायनामिक लूक, स्टाइलिस्ट ड्यासबोर्ड, डिजिटल क्लस्टर, पावरफूल डबल हेलोजन हेडल्याम्प दिएको छ । घाम र पानीले असर नपर्ने गरी निर्माण गरिएको यो मोडल विभिन्न पाँच रङ्गमा उपलब्ध रहेको छ ।

ड्राइभर र प्यासेन्जरको लागि आरामदायक सिटको व्यवस्था गरिएको छ । दमदार बडी, चेसिस, सस्पेन्सन, क्लोज बडी डिजाइन, फराकिलो ह्वीलवेश, पावरफूल ब्रेक यसको आकर्षक पक्ष हो । 

यसमा १०० वाटको इलेक्ट्रीक मोटर र ४० भोल्टको ब्याट्री लगाइएको छ । एकपटक फूल चार्जपछि यसलाई १ सय ४० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको तौल ७ सय ५८ ग्राम रहेको छ भने, लम्बाई २ हजार ७ सय ५०, चौडाई ९ सय ९० र उचाई १ हजार ७ सय ७० एमएम रहेको छ । यसमा २ हजार १ सय ६८ एमएमको ह्वीलवेश दिइएको छ । 

पाँचजना मानिसले आरामदायीरुपमा यात्रा गर्न सक्ने यो रिक्साको टपस्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । यसको नेपाली बजारमा मूल्य तीन लाख ५५ हजार रुपैयाँ रहेको छ ।

ई–सुप्रो

यस्तै, महिन्द्राले चार महिना अगाडि नेपाली बजारमा ल्याएको ई–सुप्रो नामक इलेक्ट्रीक प्यासेन्जर भ्यानसमेत महिन्द्रा उदयमा प्रदर्शन गर्ने तयारी गरेको छ । ८ जनासम्म प्यासेन्जर अटाउने सुप्रो भ्यानको मूल्य २४ लाख १५ हजार नेपाली रुपैयाँ रहेको छ । यो मोडलमा २५ किलोवाटको इलेक्ट्रीक मोटर लगाएको छ ।

यो जुनसुकै रोडमा जानसक्ने कम्पनीले जनाएको छ । यसमा उपलब्ध लिथियम आयान ब्याट्री ८ घन्टा ३० मिनेटमा फूल चार्ज हुन्छ भने, एकपटक फूल चार्जपश्चात् १ सय ६ किलोमिटरसम्म गुड्न सक्छ । कम्पनीले नेपाली सडकमा परिक्षण पछि मात्रै उक्त मोडलको बिक्री गर्दैआएको जनाएको छ । 

यसको टपस्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको लम्बाई ३ हजार ७ सय ९८ मिमि, चौडाई १ हजार ५ सय ४० मिमि, उचाई १ हजार ९ सय २२ मिमि रहेको छ । यसमा १ हजार ९ सय ५० मिमि ह्वीलवेश तथा १ सय ३० मिमि ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

फ्रन्टमा हाइड्रालिक डिस्क–ब्रेक तथा रियरमा हाइड्रोलिक ड्रम–ब्रेक दिइएको छ । यसको कुल तौल १ हजार ९ सय २० किलोग्राम रहेको कम्पनीले जनाएको छ । 

यसका अलावा कम्पनीले इटुओ प्लस र इभेरिटोलाई महिन्द्राको एकल अटो शोमा प्रदर्शनी गर्नेछ । 

यसरी लिनुस् पास

कम्पनीले मेला अवलोकन गर्न आउने अवलोकनकर्ताको सहजताको लागि अनलाईन रजिष्ट्रेसनको व्यवस्था गरेको छ । त्यसको लागि तपाईले महिन्द्रा उदयको आधिकारीक वेभसाईट  www.mahindraudaya.com मा गएर त्यहाँ दिइएको फाइलमा आफ्नो नाम, इमेल र फोन नम्बर हाल्नु पर्नेछ । त्यसपछि कन्टीनियु लेखिएको बटम क्लिक गर्नुस् । यति गरेपछि तपाईको ई–टिकेट इमेलमा प्राप्त हुनेछ । त्यसको लागि तपाईले कुनै शुल्क तिर्नुपर्ने छैन । यदि तपाईसँग ई–टिकेट वा कम्पनीले वितरण गरेको पास छैन भने प्रबेश शुल्क वापत १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

निःशुल्क पासको लागि यहाँ क्लिक गर्नुस्


Back_to_top