नयाँ जेनेरेशन टोयोटा ल्याण्डक्रुजर तयार, यस्ता छन् मुख्य फिचर

काठमाडौं । टोयोटाको चर्चित मोडल ल्याण्डक्रुजरको नयाँ जेनेरेशन मोडल बजारमा आउने अन्तिम तयारी भइरहेको छ । यहि तयारीको बीच नयाँ गाडीको डिटेल अनलाइनबाट सार्वजनिक भएको छ ।

सार्वजनिक भएको तस्विरमा देखिए अनुसार नयाँ जेनेरेशन ल्याण्डक्रुजरमा अगाडि निकै ठूलो ग्रिल दिइएको छ । ग्रिलको बीचमा थुप्रै एयर भेन्टहरु देख्न सकिन्छ । अगाडिको ग्रिलमा होरिजेन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङगुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेल जस्ता फिचर देख्न सकिन्छ ।

१७ देखि २० इन्चसम्मको ह्वील प्रयोग भएको नयाँ जेनेरेशन ल्याण्डक्रुजर अबको केहि महिनापछि बजारमा आउने अनुमान गरिएको छ । यसको इन्टेरियरमा पनि निकै ठूलो परिमार्जन हुने अपेक्षा गरिएको छ । ड्यासवोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्वील, लेदर सिट, ३.३ लिटर टर्बो भि८ डिजेल इन्जिनमा आउने अनुमान गरिएको नयाँ जेनेरेशन ल्याण्डक्रुजर अहिले पनि विश्वकै सफल एसयूभीमा पर्छ ।

नेपालमा पनि टोयोटाको आधिकारीक वितरक यूनाइडेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्दै आएको ल्याण्डक्रुजर सिधै जापानबाट आयात गरेर विक्री हुँदै आएको छ । अबको केहि महिनामा नै जापानबाट यसको विक्री सुरु हुने भएकाले नेपाली बजारमा पनि यसको विक्री चाँडै सुरु हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top