अब फक्सवागन पोलोमा अटोनोमश ड्राइभिङ सिस्टम

काठमाडौं । फक्सवागनको चर्चिच ह्याचव्याक कार पोलोको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । कम्पनीले नयाँ जेनेरेशन पोलोको डिजाइन ह्याचव्याक गल्फ र इलेक्ट्रीक आइडी ३ बाट प्रेरित भएर गरेको छ । मल्टी फङ्सनल स्टेरिङ ह्वीलको साथ पासाटमा प्रयोग भएको लेवल २ बराबरको अटोनोमश ड्राइभिङ फिचर (जसलाई ट्राभल एसीस्ट सिस्टम भनिन्छ) नयाँ पोलोमा पाउन सकिन्छ ।

गाडीको अगाडिको भागमा व्यापक परिमार्जन देख्न सकिन्छ । पूर्ण रुफमा नयाँ डिजाइन गरिएको फ्रन्ट फेसिकामा नयाँ एलइडी हेडलाइट, एलइडी डेटाइम रनिङ लाइट, अगाडि र पछाडिका दुबै नयाँ डिजाइनको बम्पर, मेट्रिक्स टेक्नोलोजीको प्रयोग भएको लाइट प्रयोग भएको छ ।

कम्पनीले पोलोको इन्टेरियरमा पनि व्यापक परिमार्जन गरेको छ । सबै भेरियन्टमा ६.५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम यसमा दिइएको छ । सबै किसिमका लेटेस्ट कनेक्टीभीटी यसले सपोर्ट गर्छ । टप भेरियन्टमा ९.२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

यसमा फक्सवागन गल्फमा प्रयोग भएको स्लाइडर टेम्प्रेचर कन्ट्रोल सिस्टम दिइएको छ । कारमा एडप्टीभ क्रुजकन्ट्रोल, ८ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।

नयाँ पोलो दुई इन्जिन अप्सनको साथ बजारमा आउने छ । जसमा १.० लिटर थ्रि सिलिण्डर एमपीआई र १.० लिटर टिएसआई इन्जिन रहने छ । कम्पनीको एमपीआई इन्जिन नेचुरल एस्पायर्ड हो भने टिएसआई टर्बो इन्जिन हो । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड ड्यूल क्लच डिएसजी गियरबक्स उपलब्ध हुने छ ।


Back_to_top