नयाँ डिजाइन र थप फिचर्ससहित एमजीकाे नेक्स्ट जेनेरेसन जेडएस ईभी आउँदै

काठमाडौं । ब्रिटिस अटोमोबाइल ब्राण्ड मोरिस ग्यारेज (एमजी)ले जेडएस ईभीको नेक्स्ट जेनेरेसन मोडल छिटै विश्व बजारमा लन्च गर्ने भएको छ ।

कम्पनीले नयाँ ईभीमा अघिल्लो जेनेरेसनको तुलनामा बाहिरी डिजाइनसहित अन्य फिचरमा समेत व्यापक परिमार्जन गर्दै ल्याउने भएको हो ।

२०२४ मोडल जेडएस ईभीमा बाहिरी डिजाइनमा केही सुधार गरिएको छ भने यसको इन्टेरियरमा पनि परिवर्तन देख्न सकिनेछ ।

यसको बाहिरी भ़ागमा शार्प र स्ट्राइकिङ डिजाइन पाउन सकिन्छ । यसको एक्टेरियन डिजाइन एमजी ४ को मोडलबाट प्रभावित भएको देखिन्छ । यसको इन्टेरियर भने मिनिमल र एलिगेन्ट डिजाइनमा तयार पारिएको छ । नयाँ जेडएसको भित्री भाग निकै फराकिलो हुनेछ भने इलेक्ट्रीक ह्याचब्याक जस्तै देखिने अनुमान गरिएको छ ।

यसमा सिक्स भर्टिकल फाइबर अप्टिक स्ट्राइप, टिल्टेड अपराइट इन्डिकेटर, न्यू १७ इन्च डुअल कलर एरोडायनामिक एयरड्याम, टलर लोअर ग्रिल लगायतको फेसियामा परिवर्तन देख्न सकिन्छ ।

एमजी जेडएस ईभी २०२४ मा १८ इन्च अलोय ह्वील, १०.२५ इन्चको फराकिलो टचस्क्रीनको साथमा एमजी आइस्मार्ट इन्फोटेन्मेन्ट सिस्टम, पावर एडजस्टेबल ड्राइभर सिट, ३६० डिग्री क्यामेरा सिस्टम लगायत फिचर्स पाउन सकिन्छ । यसमा भएको एमजी पाइलट सुइटमा भएको एडास फिचर्सले डोर ओपनिङ वार्निङ र ड्राइभर एटेन्सन अलर्ट दिन्छ ।

यो ईभी एमजी ४ ईभी निर्माण भएको मोडुलर स्केलेबल प्लेटफर्म ‘एमएसपी’मा आधारीत हुनेछ । यो प्लेटफर्मलाई न्यू रियर ह्वील ड्राइभ प्लेटफर्म पनि भनिन्छ ।

एमजी जेडएस ईभीको हालको मोडलमा २.६ मिटरको ह्वीलबेस छ । यसमा अब आउने मोडलमा भने २.७ देखि २.८ मिटरको ह्वीलबेस हुने सम्भावना छ। यसलाई एसएआइसीले विशेषगरी ईभीका लागि तयार पारेको हो । यसमा सजिलै फ्रन्टमा पनि मोटर दिई अल ह्वील ड्राइभ बनाउन सकिनेछ ।

एमजीले २०२४ जेडएस ईभीमा ६४ किलोवाट आवर र ७७ किलोवाट आवरको ब्याट्री प्याकसहित दुईवटा ब्याट्री अप्सन दिइने अनुमान गरिएको छ । ६४ किलोवाट आवरको ब्याट्री प्याकले सिङ्गल चार्जमा ४०० किलोमिटर बढीको रेन्ज दिन्छ भने ७७ किलोवाट आवरको ब्याट्री प्याकले ४८० किलोमिटर रेन्ज दिने अपेक्षा गरिएको छ ।

यो ईभीमा कम्पनीले सिंगल वा डबल मोटरको पावरट्रेन दिने अनुमान गर्न सकिन्छ । १५० किलोवाटको सिङ्गल मोटरले पावरट्रेनले २०१ बीएचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, ३३० किलोवाटको डबल मोटर कन्फिगरेसनले ४४३ हर्सपावर तथा ६०० एनएमको टर्क जेनेरेट गर्छ ।

यो ईभीमा ११ किलोवाटको एसी चार्जर र १३५ किलोवाट सम्मको डीसी चार्जर सपोर्ट गर्ने छ । यसलाई फास्ट चार्जरबाट चार्ज गर्दा जम्मा ३० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ । यो ईभी सन् २०२३ को दोस्रो क्वाटरमा वर्ल्ड प्रिमियर हुने अनुमान गरिएको छ ।

इलेक्ट्रीक क्रसओभर एसयूभी एमजी जेडएस ईभी नेपालमा समेत सफल मोडल हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले दुई हप्ता अघि देखि बुकिङ खुलाएको छ ।


Back_to_top