हुन्डाई कोना ईभी २०२४ मोडल सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । हुन्डाई कोना ईभीको २०२४ मोडल सार्वजनिक भएको छ । न्यूयोर्क इन्टरनेसनल अटो शोमा उक्त ईभी सार्वजनिक गरिएको हो ।

कम्पनीले यो नयाँ ईभीमा फरक ब्याट्री क्षमता र पावर आउटपुटसहित सार्वजनिक गरेको हो । यस इलेक्ट्रीकमा प्रयोग भएको ब्याट्री साइज पनि अघिल्लो मोडलको तुलनामा केही ठूलो रहेको छ।

नयाँ कोना इलेक्ट्रीकमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । यसमा ६४.८ किलोवाट आवरको ठूलो र ४८.६ किलोवाट आवरको सानो ब्याट्री प्याक पाउन सकिन्छ । यसको ६४.८ किलोवाट आवरको ब्याट्रीलाई एकपटकको फुल चार्जमा ४१८ किलोमिटर गुडाउन सकिन्छ ।

यसले २०१ हर्सपावर र २५५ एनएम टर्क उत्पादन गर्छ । त्यसैगरी, यसको सानो ब्याट्री प्याकले ३१७ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले १३३ हर्स पावर र २५५ एनएम टर्क जेनेरेट गर्दछ ।

२०२४ कोना ईभी ई–जीएमपी प्लेटफर्म ८०० भोल्ट आर्किटेक्चरमा आधारीत रहेको छ । जसले गाडीको चर्जिङ स्पीड अघिल्लो मोडलको समान बनाएको छ । कम्पनीका अनुसार यो ईभीमा प्रयोग भएको ब्याट्रीलाई ४०० भोल्टको फास्ट चार्जरबाट ४३ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यसमा भेहिकल टु लोड (भी-टु-एल) फिचर पनि समावेश गरिएको छ । यसबाट अन्य यन्त्र वा कुनै उपकरणमा १.७ किलोवाट आवरसम्मको पावर प्रदान गर्न सकिन्छ ।

यसको बाहिरी भागमा कम्पनीले फ्रन्ट माउन्ट गरिएको चार्जिङ पोर्ट, पिक्सेलेटेड एलइडी ग्राफिक्स सहितको फुल वाइड डीआरएल लाइट, बडी कलर्ड क्ल्याडिङ लगायत दिएको छ ।

यसको भित्रि भागमा भने १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसबाट ओभर द एयर अपडेट, विभिन्न ड्राइभिङ मोडसहित एम्बिएन्ट लाइटिङ एडजस्ट गर्न सकिन्छ  ।

कोना ईभीमा स्मार्ट रिजेनेरेटिभ सिस्टम, आइ पेडल ड्राइभिङ मोड लगायतका फिचर्सले सुसज्जित गरिएको छ ।  यो ईभीको डाइमेन्सन १५७९ एमएम अग्लो, १८२६ एमएम चौडा, ४३४३ एमएम लामो रहेको छ  ।  यसको ह्वीलबेस २६४१ एमएम पाउन सकिन्छ भने ७२२ लिटरको बुट स्पेस दिइएको छ ।

कोना ईभी नेपालमा पनि निकै रुचाइएको ब्रान्ड रहेको छ । यसलाई हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री वितरण गर्दै आएको छ । २०२४ मोडल कोना इलेक्ट्रीक पनि नेपाल आउने सम्भावना भएको मोडल हो ।


Back_to_top