हार्ले डेभिड्शनको इलेक्ट्रीक मोटरसाइकल १८ मिनेटमा सोल्ड आउट

काठमाडौं । हार्ले डेभिड्शनको लाइभ वायर ब्राण्ड अन्तर्गत उत्पादन हुने एस २ डेल मार इलेक्ट्रीक मोटरसाकल सोल्ड आउट भएको छ । कम्पनीले बुकिङ खोलको १८ मिनेटमा नै सोल्ड आउट भएको हो ।

कम्पनीले १०० यूनिट लाइभ वायर एस २ डेल मारको बुकिङ खुल्ला गरेको थियो ।

कम्पनीले यो मोटरसाइकलको बारेमा धेरै कुरा बाहिर भने ल्याएको छैन् । यसमा ७०० सीसी कम्बश्च मोटरसाइकलको बराबर पावर हुने मोटर प्रयोग हुने अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलको मूल्य १५ हजार अमेरिक डलर हुने अनुमान गरिएको छ । कम्पनीको अर्को इलेक्ट्रीक मोटरसाइकल लाइभ वायर वनको मूल्य २२ हजार अमेरिकी डलर रहेको छ ।

कम्पनीले एक टीजर सार्वजनिक गर्दै यो मोटरसाइकलको मे १० मा सार्वजनिक गर्ने जानकारी दिएको थियो ।

सधैं ठूला मोटरसाइकल मात्र उत्पादन गर्ने हार्लेले यो मोटरसाइकल मडी रेन्ज साइजमा उत्पादन गर्ने भएको हो ।

कम्पनीले सार्वजनिक गर्ने एस २ मा ब्याट्री क्षमता वृद्धि गर्न सकिने सुविधा उपलब्ध गराउने जनाएको छ भने यसको एस ३ र एस ४ समेत बजारमा उतार्ने जनाइएको छ ।


Back_to_top