काठमाडौं । २०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक मोटरसाइकल नेपाल भित्रने भएको छ । सुपर शोको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले सुपर शोकोको नयाँ मोटरसाइकल टीएस स्ट्रीट हन्टर नेपाल भित्र्याउने भएको हो ।
कम्पनीले सुपर सोको टीएस स्ट्रीट हन्टरको बुकिङ खुल्ला गरेर चाँडै बजारमा आउने जानकारी दिएको हो ।
डबल ब्याट्री अप्सनमा आउने टीएस स्ट्रीट हन्टरको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ भने सिंगल ब्याट्री अप्सनको ३ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले नयाँ भित्र्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल टीएस स्पोर्टस् डिजाइन मोटरसाइकल हो । यो मोटरसाइकल अग्रसिभ डिजाइनमा रहेको छ ।
आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस दिनुका साथै कम्र्फट सिट यसको विशेषता हो । यसमा कम्पनीले १७ इन्चको वाइडर टायर दिइको छ भने दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध छ । यसमा कोम्बी ब्रेकिङ सिस्टमा पाउन सकिन्छ ।
सुपर शोकोले यसमा स्मार्ट रिमोट कि तथा एन्टिथेफ्ट अर्लाम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । साथै, ३.५ किलोवाटको मोटर रहेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । एउटा मात्रै ब्याट्रीले १०० किमि र दुई वटै ब्याट्रीको कम्बाइन २०० किमि रेन्ज रहने छ ।
यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा १८४ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


