टाटा नेक्सन इभीको दुई मोडलमा कति फरक ? यस्ता छन् भिन्नता

काठमाडौं । नेपालमा निकै राम्रो संख्यामा विक्री हुँदै आएको नेक्सन इभीको नयाँ लङ रेन्ज मोडल म्याक्स बजारमा आएको छ । अहिले भारतमा विक्री सुरु भएको नेक्सन म्याक्स केही महिनापछि नेपाल आउने छ ।

टाटाले नेक्सन इभी उच्च ग्राउण्ड क्लियरेन्स र आकर्षक कम्प्याक्ट डिजाइनका कारण नेपाली र भारतीय बजारमा नेक्सन इभीको उच्च माग रहेको छ । टाटाले यस अघिनै आफ्नो कम्प्याक्ट सेडान टिगोरलाई इलेक्ट्रीक भर्सनमा बजारमा उतारी सकेको छ । टाटाले २५ हजार भन्दा बढी संख्यामा इलेक्ट्रीक भेहिकल विक्री गरिसकेको छ ।

टाटा नेक्सन इभीकै डिजाइनमा रहेको म्याक्स मोडलमा मुख्य रुपमा रेन्ज बढ्ने गरी ब्याट्री साइज बढाएको छ । यसमा ब्याट्री सहित मोटर पनि केही ठूलो दिइएको छ ।

मोटर र ब्याट्री बाहेक अन्य फिचरहरु समेत केही थप गरेर टाटाले इभी म्याक्स लन्च गरेको हो । हामीले नेक्सन इभी र नेक्सन इभी म्याक्सको फरकपनलाई चर्चा गरेका छौ ।

ब्याट्री र रेन्ज

इभी चलाउने सबैको पहिलो चासो फुल चार्जमा कति रेन्ज दिन्छ भन्ने हो । टाटा मोटर्सले इभी चालकलाई रेन्जले दिने तनाव कम गराउनको लागि ३३ प्रतिशत ठूलो साइजको ब्याट्री म्याक्समा दिएको छ ।

रेगुलर नेक्सन इभीमा ३०.२ किलोवाट आवरको ब्याट्री छ भने म्याक्स मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री रहेको छ । टाटा मोटर्सका अनुसार नेक्सन म्याक्स मोडलले ४३७ किलोमिर रेन्ज दिन्छ ।

चार्जिङ समय

टाटा मोटर्सले नेक्सन इभी म्याक्ससँगै दुई फरक क्षमताको चार्जर छनोट गर्ने सुविधा दिएको छ । कम्पनीले नेक्सन म्याक्समा ३.३ किलोवाट र ७.२ किलोवाटको दुई चार्जर दिएको छ । अब नेक्सन म्याक्सलाई ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६.५ घण्टामा फुल चार्ज गर्न सकिने छ । रेगुलर मोडलमा रहेको ३.३ किलोवाटको चार्जरले ८.५ घन्टा लाग्छ ।

मोटर पावर र स्पीड

नेक्सन इभीमा १०० किलोवाटको मोटर रहेको थियो भने नयाँ म्याक्समा १०५ किलोवाटको मोटर रहेको छ । नेक्सन इभीले ९.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउछ । साथै टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।

टाटाले ल्याएको नयाँ नेक्सन म्याक्सले ९ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड लिन सक्छ र यसको टप स्पीड पनि बढेर १४० किलोमिटर प्रतिघन्टा रहेको छ ।

ब्रेकिङ

रेगुलर नेक्सन इभीमा अगाडिको चक्कामा डिस तर पछाडि चक्कामा ड्रम ब्रेक रहेको छ । तर, नयाँ म्याक्स मोडलको चारै चक्कामा डिस ब्रेक रहेको छ । त्यस्तै नेक्सन इभी म्याक्स रेगुलर भन्दा १०० किलो बढी तौलको रहेको छ, जसलाई एड्जस्ट गर्न सस्पेन्सनलाई समेत रिट्यून गरिएको छ ।

मल्टीमोड रिजेन र नयाँ ड्राइभ मोड

नेक्सन इभी म्याक्समा नयाँ मल्टीमोड रिजेनेशन सिस्टम पनि थप भएको छ । यसको सहयोगले रिजेनेशनलाई बढाउने, घटाउने वा बन्द नै गर्न सकिन्छ । रेगुलर नेक्सन इभीमा एउटा मात्र रिजेनेरेसन लेवल रहेकोले चालकले आफै रिजेनेरेशन लेवल एड्जस्ट गर्न मिल्दैन थियो । म्याक्समा ड्राइभिङ मोड पनि इको, सिटी र स्पोर्टस् गरी तीनवटा रहेको छ ।

लुक्स र डिजाइन

रेगुलर र म्याक्स नेक्सनको बाहिरी डिजाइमा खासै भिन्नता पाइदैन । म्याक्समा डिउल टोन कलर भने स्ट्याण्डर्ड बनाएको छ । म्याक्स डेल्टन ग्रे, प्रिस्टिन ह्वाइट र इंटेसी टिल कलरमा उपलब्ध रहेको छ । यी मध्य इन्टेन्सी टील नेक्सन इभी म्याक्समा मात्र उपलब्ध रहेको छ । म्याक्सको अलोय ह्वीलको डिजाइनमा सामान्य परिवर्तन गरेता पनि साइज भने रेगुुलरको जस्तै १६ इन्चको छ ।

इन्टेरियर र फिचरहरु

नेक्सन इभी म्याक्सको ड्यासबोर्डमा धेरै रिडिजाइन भएको देखिन्छ । यसमा रेगुलर ह्याण्ड ब्रेकको ठाँउमा इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड बटन थपिएको छ । यसको क्यावीनमा वायरलेस चार्जर र एयर प्यूरीफायर पनि थपिएको छ ।

नयाँ इभीमा अगाडिको दुबै सिट भ्यान्टीलेटेड भएको छ भने, एक्टीभ मोड डिस्प्लेको साथै नयाँ गियर नव समेत पाउन सकिन्छ । क्यावीनमा नयाँ मकरन बेज कलर स्कीमको साथै अटोडिमीङ आईआरवीएम समेत थपिएको छ ।

ग्राउण्ड क्यिरेन्स र बुटस्पेश

टाटा मोटर्सले नेक्सन इभी म्याक्समा व्याट्रीको साइज बढाएकाले क्यावीन वा बुटस्पेश कम हुने होकी भनी शंका थियो । तर, कम्पनीले चलाखी पूर्ण तरिकाले थप ब्याट्रीलाई एड्जस्ट गर्न सफल रहेको छ । इभी म्याक्समा रेगुलरमा जतिकै ३५० लिटरको बुटस्पेश तथा २०५ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top