काठमाडौं। नयाँ सुरक्षा फिचरसहित हिरो ग्ल्यामरको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । नयाँ ग्ल्यामरमा आइबिएस ब्रेकिङ सिस्टम थप गरि कम्पनीले बिक्री सुरु गरेको हो ।
हिरो मोटोकर्पको नेपालको आधिकारीक बिक्रेता एनजीए हिरोले नयाँ मोटरसाइकलको बिक्री आगामी शुक्रबारबाट सुरु गर्ने जनाएको छ ।
यसको नयाँ मूल्य २ लाख २० हजार रुपैयाँ तोकिएको छ । नयाँ ग्ल्यामरमा १२४.७ सीसी क्षमताको एयरकुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.४ बीएच पावर तथा ११ एनएम टर्क जनेरेट गर्छ ।
यो मोटरसाइकलले ६० किलामिटर प्रतिलिटर माइलेज दिने दावी रहेको छ ।

