काठमाडाैं । अहिले बजारमा २५ लाखभन्दा कम मूल्यका कारमा २ लाखसम्म छुट पाउन सकिने अफरहरु आएका छन् ।
२५ लाखभन्दा कम मूल्यमा सबैभन्दा धेरै कार मारुती सुजुकीले बिक्री गर्दै आएको छ । कम्पनीले अल्टो, सेलेरियो, वागेनआर, एस प्रेसो जस्ता मोडलहरुको स्टायडर्ड र मिड भेरियन्टहरु बिक्री गर्दै आएको छ । कम्पनीले यी गाडीमा नगद छुट, बीमा र एक्सचेन्ज बोनस मिलाएर २ लाखभन्दा बढी छुट प्रदान गर्दै आएको छ ।
टाटाले पनि आफ्नो टियागो मोडलमा २ लाख ५० हजारसम्म छुट दिएर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आफ्नो इन्ट्री लेवल टियागोमा यस्तो अफर गरेको हो ।
हुन्डाईले पनि सेन्ट्रोमा २ लाखसम्मको छुट दिएको छ । कम्पनीले २०१९ मोडलको सेन्ट्रोमा नगद छुट, बीमा र स्क्रायाच कार्ड मार्फत २ लाखसम्मको नगद छुट दिएको हो । सेन्ट्रोको इरा मोडल २५ लाखभन्दा कम मूल्य भएको कार हो । २५ लाख हाराहारीमा अहिले सेन्ट्रो मग्ना पनि ग्राहकले खरिद गर्न सक्ने छन् ।
रेनो क्वीड पनि २५ लाख भित्र किन्न पाइने कार हो । कम्पनीले यसमा ५० हजार नगद छुट दिने छ । साथै, कम्पनीले थप केही छुट प्रदान गर्ने जनाएको छ ।
अर्को २५ लाख भित्र आउने कार डाट्सन रेडी गो पनि हो । कम्पनीले यसमा करिब २ लाख रुपैयाँको छुट दिने जनाएको छ । कम्पनीले रेडी गोको फेसलिफ्ट मोडल केही दिन भित्र बजारमा ल्याउने जनाएको छ ।

